नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक कपिलवस्तु जिल्ला, अञ्चलपुरस्थित पार्टी कार्यालयमा जारी छ । ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे १३ पृष्ठको प्रस्ताव पार्टी महासचिव विप्लव सीले पेस गरेका छन् ।
अपरान्ह ३ बजेदेखि बैठक पुनः सुरु भएको, आजै अबेरसम्ममा बैठक सकिने र भाेलि साेमबारदेखि पिबिकाे बैठक बस्ने पार्टी कार्यालयकाे तयारी भएको जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले शिवगढीबाट जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्