३ आश्विन २०८१, बिहीबार

नेकपा स्थायी समिति बैठक सुरु

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा आज दिउसो ३ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने बताइएको छ । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको धारणा बनाउने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए ।

उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषय सी, अनिल सी, उमा सी, भरत सी र शुशील सीको उपस्थिति रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।