३ आश्विन २०८१, बिहीबार

नेकपा स्थायी समितिको बैठक बस्दै

0

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी, स्थायी समितिको बैठक बुधबार र बिहीबार बस्ने भएको छ । बैठकको लागि नेताहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय, शिवगढीमा सम्पर्क गर्न खबर भइसकेको कार्यालय स्रोतले जनाएको छ ।
बैठकका लागि महासचिव विप्लव सी एक साता अघि नै शिवगढी पुगिसकेका छन् । प्रवक्ता प्रकाण्ड सी कर्णालीबाट बैठकमा आउने बताइएको छ । अन्य स्थायी समिति सदस्यहरु बैठक स्थलतिर रमाना भइसकेका छन् ।

बैठकले पछिल्लो राजनीतिक परिस्थिति र आवधिक योजनाको समीक्षा गर्ने जनपत्रकार तथा जनप्रचार–प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।