३१ भाद्र २०८१, सोमबार

गोरखाको रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएको घटनाप्रति नेकपा गोरखाद्वारा दु:ख व्यक्त

0

गोरखा – गोरखा जिल्लाको उत्तरी क्षेत्र धार्चे गाउँपालिकाको रेसेफाँटमा लेदोसहिताको पहिरोका कारण ५ जना बेपत्ता हुनेगरी भएको क्षतिप्रति नेपाल कम्युनिस्ट पार्टी गोरखाले दु:ख व्यक्त गरेको छ ।

आइतबार बिहान धार्चे गाउँपालिका- ५, रेसेफाँटमा पहिरोका कारण करिब तीन बजेको समयमा एकै परिवारका तीन जनासहित पाँचजना वेपत्ता भएको र दुई जना घाइते भएको घटनाप्रति नेकपा गोरखाले वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेको हो ।

नेकपा गोरखा जिल्ला सेक्रेटरी काजी सीले सम्पुर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गरेका छन् । साथै यस्तो विपतको समयमा बिचलित नभई सबै मिलेर विपतको सामना गर्नसमेत अनुरोध गरेका छन् ।

सेक्रेटरी काजी सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अत्याधिक बर्षाका कारण देशैभरी प्राकृतिक विपत्तिले ठुलो जनधनको क्षती भइरहेको छ । आइतबार बिहान मात्र गोरखा जिल्लाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका- ५, रेसेफाँटमा पहिरोका कारण करिब तीन बजेको समयमा एकै परिवारका तीनजना सहित पाँचजना वेपत्ता भएको र दुई जना घाइते भएको छ । अत्याधिक बर्षाका कारण जितबहादुर गुरुङको कृषि फर्म र घर बगाउँदा उनकी ३५ वर्षकी श्रीमती कान्छीमाया गुरुङ, ६० वर्षका बुवा सुलाल कान्छा गुरुङ र सोही वडास्थित ३३ वर्षे रमेश गुरुङ र ३४ वर्षे रमेश परियार वेपत्ता हुनुभएको छ भने यमबहादुर गुरुङ र दिलिप गुरुङलाई घाइते अवस्थामा उद्दार गरिएको छ। यो बिपत्ति र दुःखद घडिमा हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला समिति सम्पुर्ण मृतकहरूप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र सबै घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछ साथै विपतको सामना सबै मिलेर गर्नको लागि अनुरोध गर्दछौं ।”

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।