३१ भाद्र २०८१, सोमबार

सबै ऋण चुक्ता गरेर मिटरब्याजीसँग आफ्नो जमिन फिर्ता माग्दा मारिए भोगेन्द्र

0

काठमाडौँ – धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुरमा बस्ने बर्ष ४५ को भोगेन्द्र ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गत सोमबार करिब ११:०० बजे फर्निचर घर पछाडि भोगेन्द्रलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुष र एकजना महिलालाई  पक्राउ गरेको हो ।

 साहु शिवजी यादव भने फरार रहेको स्थानीयले जनाएका छन् । भैरब महतो सुड़ीसँग ऋृण लिदा भैरबले ३ कठ्ठा जग्गा पास गरी ऋण लिएका थिए  । भैरबलाई ऋृण चुक्ता गर्न रू. ३ लाखकमी भएका कारण शिवजी यादवले भैरबको नाममा रहेको जग्गा शिवजी यादवको नाममा पास गरी रु. ३ लाख ऋृण लिएर भैरबको ऋण चुक्ता गरे ।

ततपश्चात नयाँधनी मिटर ब्याजी शिवजी यादवलाई भोगेन्द्र ठाकुरले ९ लाख रुपैयाँ बुझाएर आफ्नो जग्गा फिर्ता माग गर्दा भोगेन्द्र ठाकुरको हत्या भएको भोगेन्द्रका छिमेकीहरुको भनाई छ । 

मृतकको बुहारी र छिमेकीको भनाईअनुसार निजको परिवार सख्त घाइते रही उपचारमा छन् । भोगेन्द्र ठाकुरको जेठी पत्नीको एउटा छोरा दुई छोरी छन् ।  जेठी श्रीमतीको निधनपश्चात कान्छी श्रीमती ल्याएका भोगेन्द्रका दुई वटी छोरी छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।