धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार धादिङको धार्केमा बसेको हो ।
बैठक नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज ज्योती सीको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी प्रमोद सीको अध्यक्षतामा बसेको थियो ।यसैबीच नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत भएको छ ।
लोहोनीलाई नेकपाका इञ्चार्ज ज्योती सीले खादा र अविर लगाएर स्वागत गरेका थिए । ध्रुवीकरण कार्यक्रममा बोल्दै लोहनीले भने, “नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नीति समाजवादको मार्ग हो, नेकपाको यो अभियानमा देशभक्त कम्युनिस्ट क्रान्तिकारीहरु सबै लामबद्ध हुनुपर्छ ।”
नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नीतिले आफुलाई आकर्षित गरेकोले नेकपामा ध्रुविकृत भएको उनले बताए । साथै कम्युनिस्ट आन्दोलनको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने उनको जिकिर थियो ।