झापा । आजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको नेकपाको केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले बताएका छन् । शुक्रबार पार्टीको झापा जिल्ला समितिको छैटौं पूर्ण बैठकमा बोल्ने क्रममा उनले सो कुरा उल्लेख गरे । संसारमा विज्ञान नयाँ ठाउँमा पुगेको, उद्योगमा नयाँ परिवर्तन देखा परेको र अर्थ सम्बन्ध नयाँ बनेको परिवेशमा सिंगो समाजले नयाँ कुराको खोजी गरेपनि पुरानै मान्यतामा समाजको नेतृत्व गर्न खोज्नेहरु मरणशिल पक्षको नेतृत्व गर्नेहरु हुन्, मरणशिल पक्षले नेतृत्व गरेका सम्पूर्ण संस्थाहरुमा कुनै न कुनै रुपमा विघटन देखा पर्न थालेको सुमनसिंहले बताए । उनले विघटन देखापर्न थालेको अवस्थामा भ्रमको खेती लगाएर देशलाई पश्चिमा शक्तिहरुको स्वार्थमा लाने खेल खेलिरहनेहरुबाट आजको समाजलाई बचाउनु पर्ने उल्लेख गरे ।
फागुन २१ गते नेकपा महासचिवको नेतृत्वमा पूर्व पश्चिम जागरण यात्रा, माघ तेस्रो साताबाट सामना सांस्कृतिक कार्यक्रमहरु, स्ववियु निर्वाचन, अन्तर्कृया, कवि गोष्ठी, संघर्स , उत्पादन लगायतका विषयहरुमा बनाइएका योजनाहरुबारे सुमनसिंहले समितिको बैठकमा प्रष्ट पारे । उनले २०८४ को निर्वाचनलाई पार्टीले उत्साहपूर्वक रुपमा प्रयोग गर्ने र आम जनतालाई सहज संघर्षको मोर्चामार्फत दलाल सत्ताको विघटन र समाजवाद स्थापनाको कार्यभारलाई सुनिश्चित गर्न सहभागी गराउने उदेश्यले समाजवाद स्थापनाकै संघर्षको मोर्चाको रुपमा प्रयोग गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्