नेपाल कम्युनिस्ट पार्टी बागलुङ जिल्ला समितिको साेमबार बागलुङ बजारमा भएको बैठकले भ्रष्टाचार विरुद्ध जनदबाबमूलक संघर्ष गर्ने भएको छ ।
प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य उमा सी शिलुकाे प्रमुख आतिथ्यतामा भएको बैठकले नेताहरू प्रसिद्ध सी र प्रकाशलाई जिल्लाबाट गण्डकी प्रदेश कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरेको बताइएको छ । जिल्ला सचिव भिमकर्णकाे अध्यक्षतामा बसेकाे चाैथाे जिल्ला बैठकमा पिबिएम तथा जिल्ला इन्चार्ज आजाद सीले कार्यक्रमिक याेजनाहरु प्रस्तुत गरेको बागलुङबाट डिबि चन्दले पठाएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्