नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिलु सीले गतिशील र विकास नभएको पार्टी मृत्युको दिशामा जाने बताएकी छन् । नेता शिलुले बिहीबार तनहुँ जिल्लाको दमौलीमा सम्पन्न जिल्ला पार्टी बैठकलाई सम्बोधन गर्दै यस्तो दाबी गरेकी हुन् ।
नेता शिलुले पार्टीले छिट्टै विचार संश्लेषण गर्ने खुलासा गर्दै माओको मृत्युपछि भौतिक जगतमा आएको परिवर्तनसँगै विचारमा विकास गर्न नसकेकाले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको दाबीसमेत गरेको तनहुँबाट डिबी चन्द्रद्वारा प्रेसित समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्