१६ फाल्गुन २०८१, शुक्रबार

नेकपाका पार्टी सदस्य बल बहादुर सीको स्मृतिमा शोक कार्यक्रम सम्पन्न, मृत्यु संस्कारबारे विमर्श

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य बल बहादुर सीको स्मृतिमा शोक कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार शान्तिनगर-३ भलानेटीमा नेकपा दाङको आयोजनामा शोक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले मृतक बल बहादुर सीको परिवारले मृत्यु संस्कारलाई प्रगतिशील बनाएको जिकिर गरेका थिए ।
उनले भने–‘मृत्यु संस्कारलाई धार्मिक अन्धविश्वासका अधारमा अवैज्ञानिक, अप्ठ्यारो बनाउने रुढीवादबाट मुक्त भएर यो परिवारले प्रगतिशील बाटो अपनाएको छ । यो सह्रानीय र अनुकरणीय कुरा हो । मान्छेको सेवा बाँच्दासम्म गर्ने हो, मरेपछि गरिने कर्मकाण्डको कुनै तुक छैन ।’

नेता सविनले पुरानो हिन्दु धर्म संस्कार रुढीवादी भएको र त्यसका मुल्य मान्यतालाई खारेज गर्दै पार्टीले अघि सारेको सी संस्कृतिको मृत्यु संस्कार अवलम्बन गरेकाले अब यो नयाँ प्रयोगमा गइसकेको बताए ।

सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतिमा त्रीरोपण (फल, फुल र जडिबुटी) रोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा गरिब, असहाय, अशक्त, बेसहारालाई लत्ताकपडा, राहत वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।

यस्तै कार्यक्रममा प्रतिरोधका संयोजक प्रमोद धितालले स्वर्ग र नर्कको कपोकल्पित कथा बनाएर बाँच्दासम्म मान्छेलाई आतंकित बनाउने गरुड पुरानलाई खारेज गर्नुपर्ने बताए ।
उनले नेता जनक परिवारले अवलम्बन गरेको नयाँ प्रगतिशील संस्कृतिको खुलेर प्रशंसा गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृत राम बहादुर जिसीले मान्छेलाई बाँच्दासम्म कुनै वास्ता नगर्ने मरेपछि तेह्र दिनसम्म कात्रो भिरेर बस्ने ढोङ्गी, पाखण्डी, रुढीग्रस्त, अवैज्ञानिक संस्कारको विकल्पमा सरल, सहज र वैज्ञानिक संस्कार अपनाउनुपर्ने बताएका थिए ।

शोक कार्यक्रममा मृतक बल बहादुर सीका माइला छोरा एवम नेकपा केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले बुवाको जिवनी सुनाएका थिए ।

साथै सोही कार्यक्रममा मृतक बल बहादुर सीको स्मृतिमा परिवारले श्री जनता अधारभुत विद्यालय भलानेटी शान्तिनगर-३ दाङमा ७७ हजार ७ सय ७७ रुपैयाँको अक्षयकोष घोषणा गरिएको हो ।

शोक कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता स्टार, नेपाली काँग्रेसका स्थानीय नेता, विभिन्न विद्यालयका प्रअहरु, समाजसेवी, स्थानीय वुद्धिजीवि, पत्रकारहरु नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी, नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टीका जिल्ला तहका नेताकार्यकर्ताको आतिथ्यता रहेको थियो ।

नेकपा दाङका सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको शोक कार्यक्रमको सहजीकरण पार्टीका शान्तिनगर गाउँकमिटीका इन्चार्ज निर्मल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।