१८ माघ २०८१, शुक्रबार

समाजवाद ल्याउने शक्तिहरुमा पहिलो पक्ष इमान्दारिता चाहिन्छ : माधव नेपाल

0

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको पहिलो पक्ष इमान्दारिता भएको बताएका छन् ।
समाजवादी मोर्चा नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले समाजवाद ल्याउने शक्तिहरुमा पहिलो पक्ष इमान्दारिता चाहिने बताएका हुन् ।
उनले समाजवादी व्यवस्था जनताप्रति प्रतिबद्ध, इमान्दारिता र अनुशासित व्यवस्था भएकाले नेपालमा नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।
नेपालमा समाजवादी क्रान्ति आवश्यक भएको जिकिर गर्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो देशको सुहाउदो प्रणाली अवलम्वन गर्नु पर्छ, त्यो प्रणाली भनेको समाजवाद हो । समाजवादको आधार तयार गर्न सकेनौ भने समाजवाद मुखले हुन्छ व्यवहारले हुँदैन, समाजवादको पहिलो पक्ष भनेको इमान्दारिता हो ।’
उनले केपी ओलीतिर लक्षित गर्दै भ्रष्टाचार गर्ने, राष्ट्र बिर्सने र प्रतिगामी कदम चाल्ने कामले समाजवाद कहिल्यै नआउने ठोकुवा गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अहिले सरकारको काम निराशाजनक भएको बताए ।
उनले भने ‘परिणामुखी काम छैन । गफमा निकै अगाडि परिणाममा निकै पछाडि छ । राजनीतिमा आत्तिनु हुँदैन, थकाई मान्नु हुँदैन, समाजवादको लक्ष्य हाशिल गर्नैपर्छ । नेकपा एसले नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम अगाडि सारेको छ, हामीले मोर्चाको तर्फबाट समाजवादी शासकिय स्वरुप निर्वाचन प्रणाली ठोस गर्नु पर्छ ।’
अध्यक्ष नेपालले पहिलो चरणको काममा समाजवादी मोर्चाको गति वढेपनि पछिल्लो चरणमा सुस्ताएको भन्दै अब नयाँ ढंगले सक्रियातापूर्वक मोर्चाको काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।