३ फाल्गुन २०८१, शनिबार

नेपालको संकटको अग्रगामी निकास निर्विकल्प समाजवाद हो : विप्लव सी

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका छन् ।
समाजवादी मोर्चा नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका हुन् ।
उनले दलाल पुँजीवादको विकल्प समाजवाद भन्दा अर्को कुनै अग्रगामी विकल्प हुन नसक्ने ठोकुवा गरे ।
‘दलाल पुँजीवादका विरुद्ध समाजवादको एकमात्र विकल्प हो’ महासचि विप्लवले भने, ‘दलाल पुँजीवादको झटारो बाट देशका युवाहरु तर्सिनु हुँदैन । विदेशीनु हुँदैन, आफ्नै देशलाई बदल्ने गरी युवाहरु लाग्नुपर्छ, ।’
वर्तमान सरकार नेपाल सरकार जस्तो नभएकोमा आलोचना गर्दै महासचिव विप्लवले नेपाल सरकार नेपाल र नेपाली जनताको सरकार जस्तो बनोस भनि सुभेच्छा दिए ।
उनले नेपालको गणतन्त्र जनताको गणतन्त्र नभएको र यो दलाल पुँजीपतिको गणतन्त्र भएको भन्दै जनताको व्यवस्थाका लागि समाजवादी मार्चा आवश्यक भएको जिकिर गरे ।
महासचिव विप्लवले आगामी ०८४ युगान्तकारी परिवर्तनमा जाने विश्वास गर्दै प्रतिगामीहरुको षड्यन्त्रमा चुप लागेर नबस्ने चेतावनी दिए ।
आफूहरु ढुङगामा समेत फुल फुलाउने मान्छेसमेत भएको भन्दै महासचिव विप्लवले देशलाई बिहानीको लालकिरणतिर लिन समाजवादी मोर्चा सफल हुने विश्वास व्यक्त गरे ।
उनले समाजवादी मोर्चामार्फत जनताको व्यवस्था ल्याउने अभियानमा आफू डटेर लाग्ने प्रतिबद्धता पनि जनाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।