१८ माघ २०८१, शुक्रबार

अखिल (समाजवादी) स्ववियु निर्वाचनमा हाेमियाे

0

त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनलाई आफ्नाे पक्षमा पार्ने रणनीतिअनुसार अखिल (समाजवादी) गण्डकी प्रदेशले माघ २० गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । इकाई, सह-इकाई गठन, सदस्यता वितरण, शैक्षिक विमर्श र विदाकाे दिन हाेस्टेल र घरघरमा पुगेर संगठनको प्रचार गर्ने अभियानको रणनीति रहेको बताइएको छ । बुधबार पाेखरामा सम्पन्न संगठनको बैठकले साे निर्णय गरेको हो । नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी शिलुले शैक्षिक तथा राजनीतिक मुद्दामा प्रशिक्षण दिनु भएको पाेखराबाट विद्यार्थी नेता प्रकाश सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।