१८ माघ २०८१, शुक्रबार

कांग्रेस, एमाले र माओवादी केन्द्रसँग जातिय मुक्तिकाे एजेण्डा नै छैन, नेकपासँग मात्र छ : सुदर्शन सी

0

समाजवादी मगर मुक्ति माेर्चा, नेपाल बागमती प्रदेशकाे पहिलो बैठक सम्पन्न भएकाे छ ।

माेर्चाका प्रदेश संयाेजक गणेश रानामगरकाे अध्यक्षतामा बसेकाे बैठकमा माेर्चाका केन्द्रीय अध्यक्ष सुदर्शन सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

बैठकमा मन्तव्य राख्दै समाजवादी मगर मुक्ति माेर्चा, नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सीले माेर्चाकाे आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न पार्न प्रदेशलाई निर्देशनमात्मक मन्तव्य दिएका थिए ।

मन्तव्यका क्रममा माेर्चाका अध्यक्ष सुदर्शन सीले नेपालमा वर्गीय र जातीय मुक्तिकाे स्पष्ट खाका नेपाल कम्युनिस्ट पार्टीसँग मात्र भएकाे बताउँदै अरु राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत दलले उत्पीडित जातिहरुलाई भाेट बैंककाे रुपमा काम गरेकाे दाबी गरे ।

‘कांग्रेस र एमालेसँग त उत्पीडित जातिहरुकाे मुक्तिकाे कुनै एजेन्डा नै छैन, माओवादी केन्द्रसँग विगतमा थियाे तर अहिले त्याे मुद्दा छाेडिसक्याे ।’ सुदर्शन सीले बैठकमा मन्तव्यका क्रममा भने, ‘अहिले नेपालमा उत्पीडित जातिहरुकाे मुक्तिकाे स्पष्ट खाका नेकपासँग मात्र छ ।’

नेपालमा वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय मुद्दाको हल अब एकीकृत जनक्रान्तिकाे बाटाेबाट मात्र हुने अध्यक्ष सुदर्शन सीकाे थियाे ।
माेर्चाकाे बागमति प्रदेशकाे बैठक विभन्न निर्णय गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।