नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्ताेष सी विषमले समाजवाद विना कुनैपनि उत्पीडित जातिहरुकाे मुक्ति नहुने बताएका छन् ।
पार्टीकाे समाजवादी मगर मुक्ति माेर्चा, नेपालकाे लुम्बिनी प्रदेशकाे बैठकलाई सम्बाेधन गर्दै नेता विषम सीले समाजवादी मगर मुक्ति माेर्चाकाे जिम्मेवारी देशका २० लाख मगरलाई समाजवादकाे बाटाेमा लैजाने रहेकाे बताए ।
नेपालमा अहिले १२६ देखि १४२ जातिहरु जन्माएर राज्यले देशका विभिन्न जातिहरुबीच फुट र विभाजन ल्याउन खाेजेकाे नेता विषम सीकाे दाबी थियाे ।
नेपालमा उत्पीडित जातिहरुलाई एक बनाएर जाने स्पष्ट बाटाे नेकपासँग मात्र रहेकाे बताउँदै नेता विषमले सबै जातिहरुलाई सी जातिमा विकसित नगरेसम्म जातिहरुबीच एकता र मुक्ति सम्भव नभएकाे बताए ।
बैठकमा सम्बाेधन गर्दै समाजवादी मगर मुक्ति माेर्चाका अध्यक्ष सुदर्शन सीले माेर्चाकाे लुम्बिनी प्रदेशलाई राष्ट्रिय सम्मेलन सम्पन्न पार्न सबै तयारीमा जुट्न निर्देशनात्मक मन्तव्य दिए ।
माेर्चाका केन्द्रीय सचिव तथा कार्यालय सदस्य भीमप्रकाश सीलेे बैठकमा मन्तव्य राखेका थिए ।
समाजवादी मगर मुक्ति माेर्चा, नेपालका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय सदस्य इन्द्र घर्ती मगर सीकाे अध्यक्षतामा बसेकाे बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ ।