३० आश्विन २०८१, बुधबार

समाजवादी मगर मुक्ति माेर्चा,नेपालकाे राष्ट्रिय सम्मेलन फागुन १०, ११ र १२ गते घाेराहीमा हुने

0

समाजवादी मगर मुक्ति माेर्चा, नेपालकाे केन्द्रीय समितिकाे चाैथाे बैठक असाेज ९ र १० गते काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्ताेष विषम सीकाे उपस्थिति र माेर्चाका अध्यक्ष सुदर्शन सीकाे अध्यक्षतामा सम्पन्न बैठकले फागुन १०, ११ र १२ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेकाे छ ।

काठमाडौंमा दुई दिनसम्म बसेकाे माेर्चाकाे बैठकले दाङकाे घाेराहीमा भव्य ढंगले राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने भएकाे छ । साथै बैठकले माेर्चाकाे केन्द्रीय समितिलाई भंग गरेर सम्मेलन आयाेजक समितिमा रुपान्तरण गरेकाे छ ।

बैठकलाई प्रमुख अतिथिको रुपमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा स्थायी समिति सदस्य विषम सीले समाजवादी मगर मुक्ति माेर्चाकाे केन्द्रीय समितिकाे पाचौं राष्ट्रिय सम्मेलन हुन गइरहेकोमा सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

नेता विषम सीले समाजवादी मगर मुक्ति माेर्चाकाे काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै नेपालका २५ लाख मगर समुदायलाई समेटेर जान निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।