नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन भनेको मजदुरहरुकाे आन्दोलन पनि भएको बताएका छन् ।
पाेखरामा सम्पन्न समाजवादी ट्रेड युनियन महासंघको बैठकलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव विप्लवले मजदुरको राजनैतिक सत्ता नभएसम्म मजदुरले दु:ख पाएकाे बताएका छन् । अब लड्नु मात्रै नभएर उत्पादन गर्ने, श्रम गर्ने कुरा एकीकृत जनक्रान्तिको स्कुलिङ भएको दाबीसमेत गरे ।
पोखरामा सम्पन्न समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रिय समितिको आठौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यता थियो । दुई दिन चलेको बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी, म्यादी जिल्लाका इन्चार्ज राजन सीकाे उपस्थिति तथा टेक सीको अध्यक्षता सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्