२३ माघ २०८१, बुधबार

नेपाली भूमिमाथि भएको भारतिय अतिक्रमणविरुद्ध युवा संगठन नेपालको ध्यानाकर्षण

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले दशगजामा नेपाली भूमिमाथि भएको भारतिय अतिक्रमणविरुद्ध ध्यानआकर्षण भएको जनाएको छ। मंगलबार युवा संगठन नेपालले प्रेस वक्तव्य जारी गर्दै दशगजामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरि संरचना निर्माणका लागी गरेको हस्तक्षेपकारी रवैयाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

भारतिय साम्राज्यवादले गरेको हस्तक्षेपकारी रवैया र नेपाल सरकारको बेखबर, मुखदर्शक र लाचारीपनको निन्दा एवं भ्रत्सना गर्दै संगठनले नेपालको स्वतन्त्रता, स्वाधिनता, अखण्डता र भूमिमा बारम्बार भारतीय साम्राज्यवादको गिद्धेनजर पर्दै आएकाले यस्ताखाले हस्तक्षेप नेपाली जनता र युवाहरुका लागी स्विकार्य नहुने बताएको छ ।

आफ्नो पार्टी, संगठनले नेपाललाई स्वाधिन देश निर्माण गर्न चाहेको बताउँदै सम्पूर्ण देशभक्त, क्रान्तिकारी, राष्ट्रप्रेमी युवाहरु एकतावद्ध भएर सबैखाले हस्तक्षेप र साम्राज्वादका विरुद्ध लड्न आह्वान समेत गरेको छ ।

संगठनका अध्यक्ष दिनेश सीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “०८१ माघ १९ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा-चाँदनी नगरपालीका, वार्ड नम्बर- ०८ धामी टोल स्थित दशगजामा भारतीय पक्षवाट नेपाली भूमि अतिक्रमण गर्दै संरचना निर्माणका लागी गरेको हस्तक्षेपकारी, रवैयाप्रति युवा संगठन नेपाल, केन्द्रिय समितिको गम्भिररुपले ध्यानआकर्षण भएको छ, उक्त भारतीय साम्राज्यवादले गरेको हस्तक्षेपकारी रवैया र नेपाल सरकारको बेखबर, मुखदर्शक र लाचारीपनको निन्दा एवं भ्रत्सना गर्दछौँ ।”

नेपालको स्वतन्त्रता, स्वाधिनता, अखण्डता र भूमिमा बारम्बार भारतीय साम्राज्यवादको गिद्धेनजर पर्दै आएको छ, यो नेपाली जनता र युवाहरुका लागी स्विकार्य छैन । आफ्नो भुमिका लागी सिमानामा देशभक्त जनता लडिरहेका छन् भने दलाल राज्यले कुटनैतिक पहल र समस्या समाधानका लागी जिम्मेवार बन्न सकिरहेको छैन । हामी नेपाललाई स्वाधिन देश निर्माण गर्न चाहन्छौँ सम्पूर्ण देशभक्त, क्रान्तिकारी, राष्ट्रप्रेमी युवाहरु एकताबद्ध भएर सबै खाले हस्तक्षेपकारी साम्राज्वादकाविरुद्ध लड्न आह्वान गर्दछौँ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।