
नेपाल कम्युनिस्ट पार्टी रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्चकाे तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य चिरन सी मिलनकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अध्यक्षता अध्यक्षता तेज बहादुर सीले गरेका थिए ।
कार्यक्रममा अतिथिहरु पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज इन्द्र सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य निखिल सी, मञ्चको केन्द्रीय महासचिव सुशील सी, सचिव अनिल सी, काेषाध्यक्ष प्रमेश्वर सीलगायतका थिए । कार्यक्रमकाे सञ्चालन मञ्चका महासचिव सुशील सीले गरेका थिए ।
भेलाले तेज बहादुर सीकाे अध्यक्षतामा १४ सदस्यीय रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरिएको छ ।
जसको अध्यक्षमा – तेज बहादुर सी, उपाध्यक्ष – लक्ष्मी सी, सचिव- निपुण सी, सहसचिव- धनुराज सी काेषाध्यक्ष- विपना सी, सदस्यहरुमा दिलमान सी
जित बहादुर सी, देव बहादुर सी, डिगलाल सी, सहदेव सी, ज्ञानु सी, सन्ताेष सी, डिग बहादुर सी, करण सी रहेका छन् ।