११ फाल्गुन २०८१, आईतवार

गोरखा काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेला सम्पन्न, अध्यक्षमा राजकुमार श्रेष्ठ

0

काठमाडौं– गोरखा काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । शनिबार काठमाडौंको बालाजुस्थित स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा राजकुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको हो ।

भेलाबाट निर्वाचित मञ्चका पदाधिकारीहरुमा अध्यक्ष राजकुमार सी, उपाध्यक्ष पदम सी र काजीराम सी, सचिवमा राजेन्द्र रम्तेल, सहसचिवमा राज सी कोषाध्यक्षमा अन्जली सीसहित २७ सदस्यीय समिति निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा गोरखाका इन्चार्ज कपिल सीको अध्यक्षता रहेको थियो भने मजदुरका फ्याक्सन इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य जिवन्त सी, वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल, सम्पर्क मञ्चका केन्द्रीय महासचिव सुशील सी, मजदुरका अध्यक्ष टेक सी लगाएतको आतिथ्यता रहेको थियो ।

गोरखाका जुझारु युवा नेता अनोज सीले संचालन गरेको कार्यक्रममा सबै अतिथि वक्ताहरुले शुभकामना मन्तव्य राख्दै भेलाले स्थायी घर गोरखा भई  काठमाडौंलाई कर्मथलो बनाउँदै विभिन्न पेशा व्यवसायमा आवद्ध साथीहरुलाई समाजवादी अभियानमा जोड्न दूरगामी महत्व राख्ने विश्वास व्यक्त गरेका थिए ।

भेलामा गोरखाका विभिन्न पेशा व्यवसायमा आवद्ध गोरखालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । भेलाबाट निर्वाचित पदाधिकारीसहित सम्पूर्ण निर्वाचित सदस्यहरुलाई नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, गोरखा इन्चार्ज कपिल सीलगाएत सबै अतिथिहरुले अविर खादा लगाएर शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।