
बाग्लुङबाट आइपुगेको भ्रमण टोलिले नेपाल कम्युनिस्ट पार्टीले सुरुवात गरेको कृषि कम्युनको अवलोकन गरेको छ ।
बागलुङ गलकोट नगर पालिकाका ७ नम्बर वडा अध्यक्षसहित करिब ३३ जना टोलिले कपिलवस्तुस्थित नेकपा केन्द्रिय कार्यलयले सुरुवात गरेको कृषि कम्युनकाे अवलोकन गरेको छ ।
उक्त भ्रमण टाेलिले नेकपा केन्द्रिय कार्यलयकाे कृषि कम्युनकाे अवलोकन गर्नुका साथै नेकपा महासचिव विप्लव सीसँग छलफल समेत गरेकाे छ ।
छलफलका क्रममा महासचिव विप्लव सीले कृषिसँग आत्मनिर्भर बनेमात्र देश समृद्धिकाे यात्रामा जान सकिने बताए । छलफलमा संलग्न रहेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहित टोलिले नेकपा कामप्रति धन्यवादसमेत ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्