२६ फाल्गुन २०८१, सोमबार

युवा संगठन नेपालद्वारा फुटबल प्रतियोगिताको आयोजना, २४ टिमको सहभागिता

0

चितवन । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले जनयुद्धको सहिद सप्ताहको अवसरमा चितवनमा फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
आइतबार चितवनको वीरेन्द्र क्याम्पचौरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फुटबल प्रतियोगिताको युवा संगठन नेपालका केन्द्रीय सचिव अनिल सी र नेकपा चितवनका इन्चार्ज उत्सव सीले संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियाेगिताको उद्घाटन गर्दै अनिल सी र उत्सव सीले युवाहरुलाई खेलकुदप्रति रुची जगाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनीहरुले नेपालको परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै समाजवादमा पुग्नका लागि पनि युवा तथा खेलप्रेमिहरुको थप भूमिका आवश्यक हुने भनाई राखे ।
युवा संगठन नेपालले ‘सेभेन ए साईड खुल्ला नकाउट फुटबल टुर्नामेन्ट २०८१’ नाम दिएको सो प्रतियोगितामा २४ टिम प्रतिस्पर्धाको लागि मैदानमा छन् ।
प्रतियोगितामा विजयी हुने पहिलो टिमले ट्रफि प्रमाणपत्रसहित ५५,५५५ को पुरस्कार राशी चुम्ने छ । यस्तै दोस्रो हुने टिमले ट्रफि प्रमाणपत्रसहित २५ हजार, तेस्रो हुने टिमले ट्रफि प्रमाणपत्रसहित १० हजार पुरस्कार राशी प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २५ गतेदेखि २९ गतेसम्म चल्ने युवा संगठन नेपाल चितवनले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्यहरु पारस सी, सुमित सी, सन्तोष सी, सम्झना सी, शिक्षाप्रेमी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।