४ चैत्र २०८१, सोमबार

युवा संगठन नेपाल काठमाडौं महानगर समितिको प्रथम भेला सम्पन्न

0

युवा संगठन नेपाल काठमाडौं महानगर समितिको प्रथम भेला शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।
भेलाबाट राजिव सीको नेतृत्वमा १५ सदस्यीय महानगर समिति गठन गरिएको छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज प्रताप सी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने केन्द्रीय सदस्य गोपाल सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा महानगर सेक्रेटरी दिपक सी, युवा संगठन नेपाल केन्द्रीय सदस्य शुक्र सी, काठमाडौं जिल्ला आर्थिक विभाग सदस्य अनोज सी, जिल्ला सल्लाहकार पर्शुराम सी, ठकुर सी तथा जिल्ला समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

भेला राजिव सीको अध्यक्षतामा भएको भेलाबाट नवनिर्वाचित समितिको पदाधिकारीहरू यसप्रकार रहेका छन् –

अध्यक्ष : राजिव सी
उपाध्यक्ष : सन्तोष सी (भान्जा), सुमन सी
सचिव : राजकुमार सी
सहसचिव : बिष्णु सी
कोषाध्यक्ष : समित सी
सदस्यहरू : विजय सी, अजेन सी, किरण सी लगायत १५ सदस्यीय समिति गठन भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।