
– भरत सी
“…… महान सर्वहारा साँस्कृतिक क्रान्तिको उदेश्य विश्व दृष्टिकोणको समस्या समाधान गर्ने हो ।”
– माओ, अल्वानियाली सैन्य प्रतिनिधिमण्डलसँग भाषण १९६७, अङग्रेजी, माओका चुनिएका रचना, ग्रन्थ ९ पृ, ३४१, श्रमिकवर्ग प्रचुरानालु हैदरावाद, भारत
“दर्र्शन मरिसकेको छ । दर्शनले आधुनिक विज्ञानका विकाससँग कदम मिलाएको छैन, विशेषगरी भौतिक विज्ञानका विकाससँग ।”
– स्टेफन हकिङ्गस, “बृहत योजना” (द ग्राइन्ड डिजाइन), नेपाली, पृ. ७
आमुख
दशर्न भनेको पनि सामाजिक विज्ञान हो र यसलाई जब माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा संश्लेषण गरे, तब दर्शन विज्ञानहरुको पनि विज्ञानको रुपमा स्थापित भयो । त्यसैले विज्ञान हुनुको कारण दर्शन निरन्तर नविकरण हँुदै गति र विकासको प्रकृयामा हुनु अनिवार्य हुन्छ । तर आज दर्शन विकासको अवरुद्धता नै समस्या बन्न गएको छ, परिणामतः विश्व युद्ध र विनाश उन्मुख भएको छ । जुन समस्यालाई माओले सर्वहारा साँस्कृतिक क्रान्तिकालमा नै प्रकट गरेका थिए । यदि उनले या अरु कसैले त्यो समस्या समाधान गरेको भए हामी आजको असमान, अभाव र युद्धमय विश्वमा हैन कि समान, समृद्ध र शान्त विश्वमा बाँचिरहेका हुन्थ्यौं । माओपछि विकसित उत्तर–आधुनिक दर्शन नै बहसको परिणाम र विषय दुवै हो । नेपालमा माओवादी जनयुद्धले धक्का खाएपछि क्रान्तिलाई निरन्तरता दिने प्रकृयामा नेकपाले दर्शनलाई विकास गरेको दावी गरेको छ र त्यो विकास के हो र त्यसले के–कसरी काम गर्छ ? यिनै विषयमा यहाँ सामान्य चर्चा गरिनेछ ।
दर्शनको समस्या
यो सन्दर्भमा तीनवटा समस्या उल्लेख गर्न आवश्यक छ । पहिलो, दर्शनको गति तथा विकासको अवरुद्धता; दोस्रो, दशर्नको नेतृत्वदायी भूमिकाको अस्वीकृति तथा त्यो भूमिकाबाट च्युत गराउनु÷हुनु र तेस्रो, विकासको नाममा गलत– उत्तर–आधुनिक दर्शनको विभ्रम आदि । जहाँसम्म दर्शनको समस्या भन्न हुन्छ कि हँुदैन भन्ने प्रश्न छ, यसबारे माओले पहिले नै भनिसकेकोले बरु सच्चा उत्तराधिकारीको दायित्व त्यो समस्याको सही समाधान निकाल्नु हो ।
दर्शनको बहस
पछिल्लो विकसित उत्तर–आधुनिक दर्शन हो र यो दर्शनमा बहसको परिणाम र विषय दुवै बनेको छ । दर्शनमा पछिल्लो बहस तीन कारणले अगाडि आयो । पहिलो, पुँजीवादको सड्कट र समाजवादमा भएको प्रतिक्रान्ति– रुसमा ख्रुश्चोवको उदय र सोभियत सत्ताको विघटन, चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिको अवरुद्धता र त्यस (कथित चारजनाको गुट) माथि हमला अनि १९६७ को फ्रान्सेली युवा–विद्यार्थी आन्दोलनको उठान र विसर्जन आदि । दोस्रो, प्रकृति विज्ञान (क्वान्टम यान्त्रिकी) मा भएको विकास र त्यसको चौतर्फी व्यापक प्रभावबाट उत्पन्न नयाँ सामाजिक वस्तुगत परिस्थिति र तेस्रो, यो आधारमा दर्शन विकासको वस्तुगत आवश्यकता सम्बोधन गर्ने नाममा विकार र विभ्रमको सिर्जना । यिनै आधार, कारण र पृष्ठभूमिमा उठेको दर्शनको बहसको परिणामस्वरुप उत्तर–आधुनिक दर्शन अगाडि आएपछि थप बहस जारी छ र यो बहसमा यति भन्न आवश्यक छ कि उत्तर–आधुनिक दर्शन बृद्ध र विकृत सङ्कटग्रस्त पुँजीवाद र संसोधनवादको उपज त हुँदै हो, यसका साथै यो आवश्यक विकासको अवरुद्धताबाट गुज्रिरहेको माक्र्सवादको उपज पनि हो । त्यसैले उत्तर–आधुनिक दर्शनका सकारात्मक र नकारात्मक पक्ष छन र बहस जारी छ ।
दर्शनमा विकास के हो ?
मालेमावादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनमा “अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण” को नयाँ नियम संश्लेषण गर्नु थप विकास हो । यो नयाँ नियम भौतिक विज्ञानमा सूक्ष्म जगत तथा क्वान्टम यान्त्रिकीसँग सम्बन्धित हाइजनवर्गको ‘अनिश्चितताको सिद्धान्त’ (सन १९२७, विनर हाइजनवर्ग, १९०१–१९७६) जसले वस्तुको अवस्थिति र गति एकै समयमा ठिक ढंगले जान्न वा नाप्न सकिंदैन भन्छ । हामी एक अर्थात् गतिका बारे जति धेरै जान्दछौ त्यत्ति धैर अर्को अर्थात अवस्थितिका बारे कम जान्दछौं । जति धेरै अवस्थितिका बारे जान्दछौं, त्यति धेरै गतिका बारे कम जान्दछौं । हामी वस्तुको अवस्थाको बारे निश्चित भएको बेला त्यसको गतिको बारे अनिश्चित हुन्छौं भने गतिको बारे निश्चित भएको बेला अवस्थाको बारे अनिश्चित हुन्छौं । यो नियम प्रकृति, मानव समाज र चिन्तनका क्षेत्रमा पनि लागु हुन्छ । त्यसैले यो दर्शनको विषय बन्छ । हामी पुँजीवादी अवस्थामा छौं यसका बारे जति निश्चित् हुनसक्छांै, त्यति नै यसको गतिका बारे अनिश्चित छौं कि यसको गति समाजवादमा कतिबेला कसरी पुग्छ ? ठिक त्यसरी नै यसको गति, जो समाजवाद उन्मुख छ, का बारे जति निश्चित हुनसक्छौं, त्यति नै बढी पुँजीवाद यही अवस्थामा रहनेमा अनिश्चित हुनेछौं कि यसको कतिबेला कसरी अन्त्य हुन्छ । मुख्य कुरा नयाँ संश्लेषणद्वारा वस्तुको अनिश्चितताप्रति स्पष्ट र सचेत हँुदै थप आवश्यक, सकरात्मक र सफल सम्भावनाको खोजी गर्दै कुन कुराको रक्षा गर्ने र कुन दिशामा रुपान्तरण गर्ने भन्ने मानिसको सचेतन पहलकदमीको महत्वपुर्ण भूमिकामाथि जोड दिनु हो । किनभने यो भौतिक विज्ञानको अनिश्चितताको सिद्धान्तमा प्रोफेसर लोत्फी जादेहले सन १९७८ मा प्रस्तुत गरेको गणितीय ‘संम्भावनाको सिद्धान्त’ जसले निश्चित् प्रकारको अनिश्चिततासँग व्यवहार गर्छ । ० र १ को बिचमा संम्भावना र आवश्यकताको उपायहरु प्रयोग गर्छ, जस्तो कि असम्भवदेखि संम्भव र अनावश्यकदेखि आवश्यकसम्म– लाई एकीकृत गर्दै मानवीय सचेत प्रयत्नको प्रतिनिधित्व गर्ने ‘रक्षा र रुपान्तरण’ जोडेपछि ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को संश्लेषण दार्शनिक नयाँ नियम बन्छ ।
नयाँ विकसित दर्शनले गर्ने कार्यहरु
क) माओले छाडेको अधुरो कार्यभारको सम्बोधन : ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नियमले माओले छोडेर गएको अधुरो कार्यभारलाई संम्बोधन गरेको छ । यो लेखको शुरुमा माओको महत्वपूर्ण भनाइ राखिएको छ । जहाँ ‘सर्वहारा साँस्कृतिक क्रान्तिको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्ने रहेको’ उल्लेख छ । जस (साँस्कृतिक क्रान्ति)लाई आजसम्म माक्र्सवादी दर्शन (विश्वदृष्टिकोण) द्वारा पँुजीवादी र संशोधनवादीलाई प्रशिक्षित तथा पुनर्संस्कार गर्नुपर्ने आवश्यकताको अर्थमा मात्र बुझिएको र बुझाइएको छ । वस्तुगत अन्तर्यमा गएर हेर्दा माओले भनेको ‘विश्वदृष्टिकोणको समस्या समाधान गर्ने उद्देश्य’ भित्र माक्र्सवादी दर्शनको विकास गर्नुपर्ने आवश्यकताबोध पनि देखिन्छ । जसको पक्षमा दुई तथ्य, तर्क र सन्दर्भ अगाडि सार्न सकिन्छ । पहिलो, समाजवादमा पनि वर्ग र वर्गसङ्घर्ष विद्यमान रहने र त्यो प्रकृयामा कसले जित्छ भन्ने सुनिश्चित् नहुने विश्लेषणको आधारमा शोषित वर्गको जित सुनिश्चित गर्दै शोषणको उन्मूलन गर्न संचालन गरिएको साँस्कृतिक क्रान्तिको उद्देश्य ‘विश्वदृष्टिकोणको समस्या समाधान गर्ने’ उल्लेख भएको उक्त भाषणमा माओका निम्न भनाईलाई नै हेरौं न :
१) “यी दुई वर्गहरुबिच, मार्गहरुबिच र दुई कार्यदिशाबिच सङ्घर्ष चलिरहेको गम्भीर परिस्थितिमा आफनो विश्वदृष्टिकोणको पुनर्संस्कार गर्नुपर्छ ।” २) “सर्वहारा साँस्कृतिक क्रान्तिको मूल्य धेरै महान् भएको छ तर पनि दुई वर्ग र बाटोबिचको सङ्घर्षको प्रश्न दुई, तीन र चारवटा साँस्कृतिक क्रान्तिबाट समाधान गर्न सकिदैन….. एक शताब्दीका अवधिमा बढीमा दुई वा तीनपटक यस्तो क्रान्ति संचालन गर्नु संम्भव हुनसक्छ ।” ३) “जब कसैको नयाँ समस्यासँग आमने–सामने हुन्छ भने यदि ऊ सर्वहारा विश्वदृष्टिकोणले युक्त छ भने उसले दृढतापूर्वक समाजवादी बाटो लिन्छ । …. यदि तपाई विचारधारात्मक रुपले प्रर्याप्त सर्वहारा क्रान्तिकरण भएर जानुहुन्छ भने, तपाईले दृढतापूर्वक समाजवादी बाटो लिनुहुनेछ ।…. मलाई सोध्न दिनुस, साँच्चै नै तपाई कसरी समाजवादबाट साम्यवादतिर अघि बढनु हुन्छ ? यो राष्ट्रको लागि र विश्वको लागि महान् घटना हुनेछ ।” उपरोक्त माओका भनाईहरुले दर्शन–विश्वदृष्टिकोण– जहाँको तहिँ, जस्ताको तस्तै रहन्छ र राख्नुपर्छ भन्दैनन्, बरु त्यसको विकासको आवश्यकताबोधलाई स्पष्ट गर्दछ । दोस्रो, माओ सामान्यतः समग्र विज्ञान, विषेशतः समाज विज्ञानको वैज्ञानिक हो । त्यसैले माओ भौतिक विज्ञानमा भएको विकास (क्वान्टम यान्त्रिकी, अनिश्चयको सिद्धान्त)प्रति अनभिज्ञ थिएनन् जो २० औं शताब्दीको पूर्वाद्धमा नै आविष्कार भएका थिए र एक–डेढ सय वर्ष साँस्कृतिक क्रान्ति चलाएर दर्शन–विश्वदृष्टिकोण– को विकास हुँदैन वा गर्नु पर्दैन भन्ने भ्रममा पनि थिएनन् । बरु, लेनिनले छोडेको एउटा अधुरो ‘द्वन्द्ववादको थप व्याख्या र विकास’ को कार्यभारलाई उनले ‘अन्तरविरोधको नियम’ मार्फत विकास गरे तर अर्को भौतिकवादको विकास जो १९०८ मा ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’द्वारा गरिएको थियो मा थप विकास गर्न पछिल्लो प्रकृति विज्ञानको विकासलाई एकीकृत गर्नुपर्ने आवश्यकताबोधसहित ‘साँस्कृतिक क्रान्तिको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्ने’ तय गरेको बुझ्न सकिन्छ । यदि माओले त्यो कार्यभार पुरा गर्थे भने स्टेफन हकिङ्गसले ‘दर्शन मरेको’ व्यङग्य गर्नु पर्दैनथ्यो तर त्यो कार्यभार जो अधुरो रह्यो । यो अधुरो कार्यभार विप्लव सीले नेपालबाट ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ नियम संश्लेषणद्वारा पुरा गर्ने कोशिश गरे भनेर भन्न सकिन्छ । एकहदसम्म स्टेफन हकिङ्गसको व्यङग्यलाई सम्बोधन गर्दै भारतीय लेखक अनिल राजिमवाले जसले ‘वैज्ञानिक–तकनीकी क्रान्ति और उत्तर–औद्योगिक समाज’ नामक किताब लेखेर देखेको ‘दर्शनको सङ्कट’ को सापेक्षिक जवाफ दिएको मान्न सकिन्छ ।
ख) नेपाली विरासत र क्रान्तिको पूर्णता : दर्शनमा ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ संश्लेषणले गौरवशाली समृद्ध नेपाली दर्शनको विरासतलाई अघि बढाउँदै पछिल्लो माओवादी जनयुद्धले धक्का खाएपछि क्रान्तिको निरन्तरता र पूर्णताको लागि आवश्यक मार्गदर्शन गर्ने दायित्व पुरा गर्दछ ।
हामीलाई थाहा छ कि गौतम बुद्धको ‘निरीश्वरवाद, द्वन्द्ववाद र संघवाद’ का साथै सांख्य दर्शनका प्रणेता कपिलको ‘भौतिकवाद र द्वन्द्ववादी’ दर्शनको गौरवशाली विरासत रहेको छ । तर, पछिल्ला नेपाली विचारकहरु दर्शनको क्षेत्रमा प्रवेश गरेनन् र ती त्यो क्षेत्रको प्रतिनिधि थिएनन् वा भएनन् । पछिल्लो झण्डै एक शताब्दीको कम्युनिस्ट आन्दोलनलाई हेर्ने हो भने निश्चित् नेता– पुष्पलाल, मदन भण्डारी, प्रचण्ड र विप्लवबाहेक अधिकांश नेताहरु माक्र्सवादी विचारकभन्दा बढी व्याख्याता भए । यद्यपि यो प्रारारम्भिक विश्लेषण तथा टिप्पणी हो । जहाँ कहीं पनि क्रान्तिको विकास र विजयको पछाडि विचारको विकास अन्तर्निहित हुन्छ र त्यो दर्शनसँग पनि अन्तर्सम्बन्धित हुन्छ । नेपालको माओवादी जनयुद्धको उदय र विकास सामान्य घटना होइन र थिएन तर त्यो नराम्रोसँग धक्का खानपुग्यो । जसबाट नेपाली समाज पुरै प्रभावित भयो भने एकहदसम्म विश्व पनि प्रभावित हुन पुग्यो । त्यसैले, यो पृष्ठभूमिमा क्रान्तिको निरन्तरता र पूर्णताको सुनिश्चितता गर्न समग्र समाज विज्ञानका साथै दर्शनको विकास नगरी सम्भव हुँदैनथ्यो र विप्लवको नेतृत्वमा नेकपाले त्यो ऐतिहासिक जिम्मेवारी लिएपछि दर्शनमा विकासस्वरुप ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ नियमको योगदान दियो ।
ग) उत्तर–आधुनिक दर्शनको समुचित जवाफ : दर्शनमा ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ संश्लेषणले पछिल्लो उत्तर–आधुनिक दर्शनको सापेक्षिक उचित जवाफ दिएको छ । सतही नकरात्मक टिप्पणी गर्दैै यसलाई उत्तर–आधुनिक दर्शनसँग जोड्न पनि सक्छन् । वास्तवमा, अकारण उत्तर–आधुनिक दर्शन जन्मेको होइन भनेर मान्ने हो भने यसको एउटा कारण गतिशील विश्व र गतिहिन, निस्कृय दर्शनलाई मान्नुपर्ने हुन्छ । यदि गतिशील दर्शनको पक्षमा उभिने हो भने त्यसको विकास अनिवार्य हुन्छ भनेर पनि मान्नैपर्छ । कुनै पनि वस्तुको गति तथा विकासमा विरोधिको सकारात्मक भूमिका हुन्छ । विरोधिको सकारात्मकता भनेको विरोध हो । जबकि पुँजीवादी–साम्राज्यवादी र संशोधनवादीले त आफ्नो आदर्शवादी दर्शनलाई उत्तर–आधुनिकतावादी दर्शनमा विकास गरे भने वैज्ञानिक दर्शनका पक्षधर भौतिकवादीले यसको जवाफ द्वन्द्वात्मक भौतिकवादी दर्शनमा विकास नगरी दिनु पर्याप्त हुन्छ र ? भौतिकवादको विकास विकसित प्रकृति तथा भौतिक विज्ञान र सामाजिक वस्तुस्थितिको आधारमा नै हुने होइन र ? त्यसैले भौतिक विज्ञानको ‘अनिश्चयको सिद्धान्त’ र गणितीय ‘संम्भावनाको सिद्धान्त’लाई एकीकृत गर्दै र ‘रक्षा र रुपान्तरण’ को सचेत मानवीय प्रयत्न जोड्दै दर्शनमा थप विकास अनिवार्य आवश्यकता भएको हो । ‘सङ्कट र निराशाको उपज’ ठानिएको उत्तर–आधुनिक दर्शनले पैदा गरेको थप ‘निराशा र शून्यता’ लाई यो ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ नियमले वैज्ञानिक ढंगले संम्बोधन गरेर आशावाद जगाउँदै द्वन्द्वात्मक भौतिकवादी दर्शनमा विकासको प्रतिनिधित्व गर्दछ ।
घ) दर्शनको नेतृत्वदायी भूमिकाको पुर्नस्थापनासहित नयाँ विश्व : आज हुने र गरिने दर्शनको विकासले वास्तविक मान्छे, बुद्धि–ज्ञान र वस्तुमाथि अवास्तविक– कृतिम–मान्छे, बुद्धि–ज्ञान र वस्तु हावी हुँदै जाने चुनौतिको सामना गरिरहेको विश्वलाई सम्बोधन गर्नुपर्ने छ र यसरी मात्र दर्शनको नेतृत्वदायी भूमिका पुनस्र्थापित गर्दै नयाँ विश्व निमार्ण गर्न सम्भव हुनेछ । त्यसैले, ‘अनिश्चय–संम्भावना, रक्षा र रुपान्तरण’ को नयाँ संश्लेषणले दर्शनको नेतृत्वदायी भूमिका पुनस्र्थापना गर्दै नयाँ विश्व निमार्णमा सकारात्मक योगदान गर्नसक्छ ।
उपसंहार
वास्तवमा, आजको मानिस प्रकृति र मानिस दुवैबाट सर्वाधिक असुरक्षित छ । साँच्चै नै, आफूसँग भएको दिमाग प्रयोग गरेर हे¥यो भने के प्रश्न उठ्दैन त ? एक प्रकारको मान्छेको हत्या, मृत्यु र विनाशमा अर्को प्रकारको मान्छे रमाउँदै खुशी हुने यो विश्व किन र कहिलेसम्म ? के यसको कारण र निवारणको खोजी सम्भव छैन ? के मानिसको विकासको उत्कर्ष समग्र मानव जातिको विनाश हो ? होइन । बरु, मानवीय शत्रुता अन्त्य भएको एक सुन्दर र समृद्ध नयाँ विश्व सम्भव र आवश्यक छ । जुन विश्व निर्माणमा नेपालबाट नै पहिला योगदान गर्न सकिने संम्भावना छ र हामी यो संम्भावना यथार्थमा परिणत गर्न लडिरहेका योद्धा हौं । त्यसैले, हामीले जीवनलाई दार्शनिकरण गर्न र दर्शनलाई जीवन्तता दिन आवश्यक ठानेर विप्लव सीको नेतृत्वमा नेकपाले दर्शन विकासको दावी पेश गरेको हो । जसले दर्शनलाई विज्ञानको पनि विज्ञानको रुपमा पुनस्र्थापित गर्ने कार्यभार पूरा गर्दै नयाँ विश्व निमार्णमा सकरात्मक योगदान दिने आशा गरौँ ।
जनपत्रिका मासिक १७ औँ अङ्क