६ बैशाख २०८२, शनिबार

सहिद मित्रमणि आचार्यको शालिक बैशाख १८ गते अनावरण गरिने

0

चितवन । सहिद विद्यार्थी नेता मित्रमणि आचार्यको स्मृतिमा उनको शालिक अनावरण गरिने भएको छ । सहिद स्मृति प्रतिष्ठान, शुक्रनगरको आइतबार बसेको बैठकले आगामी बैशाख १८ गते, मित्रमणि स्मृति दिवसकै दिन, उनको हत्या भएको स्थान पर्साढापमा शालिक अनावरण गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका अध्यक्ष विजय भुजेलको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा चितवनका सेक्रेटरी रुद्र सी, अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी, नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य भरत सी, भरतपुर-२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल, नेकपा माओवादी केन्द्रका विभिन्न वडाका इन्चार्ज, अध्यक्षहरु, जनप्रतिनिधि तथा मित्रमणि हत्याकाण्डमा उहाँसङ्गै आक्रमणमा  परि घाइते भएका गीतामणि पाण्डे र मधु गुरुङसहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बैठकले पर्साढापमै मित्रमणिको स्मृतिमा स्थायी शालिक निर्माण गरी शहादतको सन्देश भावी पुस्तालाई दिने उद्देश्य राखिएको जानकारी प्रतिष्ठानका अध्यक्ष भुजेलले दिए । उनका अनुसार, स्मारक स्थापनाले विद्यार्थी आन्दोलनमा मित्रमणिले पुर्‍याएको योगदानको ऐतिहासिक सम्मान गर्नेछ ।

प्युठानको रम्दीमा २०१९ साल असार ११ गते जन्मेका उनी रामपुर कृषि क्याम्पस, चितवनका स्ववियु सभापति तथा अखिल छैठौंका केन्द्रीय सदस्य थिए । २०४२ साल वैशाख १८ गते चितवनको मेघौलीमा आयोजित कार्यक्रममा उनीमाथि मण्डले र काङ्ग्रेसको अपराधीक समुहद्वारा योजनाबद्ध आक्रमण हुँदा उनको क्रूरतापूर्वक हत्या गरिएको थियो ।

बैशाख १८ गते अनावरण हुने शालिकले मित्रमणिको विचार र योगदानलाई संस्थागत स्मृतिमा रूपान्तरण गर्ने विश्वास स्थानिय र वाम बुद्धिजीविको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।