
धनुषा – नेपाल कम्युनिस्ट पार्टी धनुषाले मिटरब्याजीहरु र लघुवित्तको चर्को ब्यावको विरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको छ ।
बिहीबार जनकपुरधामस्थित उद्योग वाणिज्य महासंघ धनुषाको सभा कक्षमा भएको नेकपा धनुषाको बैठकले यस्तो निर्णय गरेको हो ।
मिटरब्याजीहरुको अत्याचार र लघुवित्तको चर्को ब्याजको विरुद्ध प्रतिरोध संघर्ष गर्ने निर्णय गरेको नेकपा धनुषाले जनाएको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता सम्पन्न बैठकको अध्यक्षता पार्टीका बरिष्ठ केन्द्रीय सदस्य शिला यादवले गरेकी थिइन् । बैठकमा नेकपा धनुषाका जिम्मेवार सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्