६ बैशाख २०८२, शनिबार

नेकपाद्वारा देशभर खबरदारी सभा, प्रतिगामीहरुलाई लखेट्ने शरद सीको चेतावनी

0

बुटवल । पछिल्लोपटक देशमा राजावादीहरुको सक्रियता बढिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी तथा यथास्थितिवादीहरुको विरुद्ध साङ्केतिक खबरदारी स्वरूप देशभरका स्थानीय तहहरुमा एकसाथ खबरदारी सभा सम्पन्न गरेको छ ।
पार्टीको केन्द्रीय योजना अन्तर्गत उक्त कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
यसैबीच नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शरद सीले प्रतिक्रियावादी, यथास्थितिवादीहरुलाई सबैतिरबाट लखेट्ने चेतावनी दिए । मुलुक महान जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त संघिय गणतन्त्रबाट पछाडि फर्कन सक्दैन, अहिलेको गणतन्त्र हुँदै समाजवादी व्यवस्थाको लागि तयारीमा रहन आम नागरिकहरुलाई आह्वान गर्दै नेता शरदले प्रतिगामी शक्तिहरुलाई राजतन्त्रको सपना नदेख्न चेतावनी दिए । अहिलेका संसदवादी दलहरु र सत्ताले अर्बौं भ्रष्टाचार गरेको, आम नागरिकहरुको थाप्लोमा अर्बौं ऋण बोकाएको, युवा जनशक्तिहरुलाई विदेश जान बाध्य बनाएको आरोप लगाउदै सबै भ्रष्टहरुको छिट्टै जनताले हिसाबकिताब गर्ने बताए ।
उनले समाजवादी राज्यसत्ता बाहेक देशलाई समृद्धिमा लैजाने अर्को व्यवस्था नभएको कारण नेपाली विशेषता अनुसारको समाजवाद आफ्नो पार्टीले बहसको लागि अगाडि बढाएको बताए । यसैगरी उनले जनताको भावनाको सम्मान गर्दै सबै मोर्चाबाट संघर्ष अगाडि बढाउन पार्टी तयार रहेको बताए ।
उक्त कार्यक्रमको संचालन बुटवल नगर कमिटि सेक्रेटरी विज्ञान सीले गरेका थिए ।
यस्तै रुपन्देहीका चार ठाउँमा सम्पन्न कोणसभामा धकधईमा पोलिट ब्युरो सदस्य विनोद सी र केन्द्रीय प्रतिनिधि सदस्य शिशिर सी, सियारीमा केन्द्रीय सदस्य नविन सी र केन्द्रीय प्रतिनिधि सदस्य मुकेश सी, सैनामैनामा केन्द्रीय प्रतिनिधि सदस्य तेजेन्द्र सीले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।