१२ बैशाख २०८२, शुक्रबार

सशक्त कम्युनिस्ट पार्टी निर्माणमा विचार संश्लेषण अनिवार्य छ : शिलु सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले विश्व कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नयाँ विचार संश्लेषण अनिवार्य भएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आफैले तयार पारेको कृति ‘विचार संश्लेषण’ लोकार्पण तथा विमर्श कार्यक्रममा पुस्तकमाथि आएका सुझाव र प्रश्नहरुलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

कार्यक्रममा विमर्शकर्ताको सुझावलाई ग्रहण गर्दै नेता शिलुले विश्वमा कम्युनिस्ट आन्दोलनको प्रभाव जनतामा देखिएपनि अन्तिम अवस्थामा आएर धोकाधडीमा टुङ्गिएको बताइन् । उनले नेपालको सन्दर्भमा पनि कुनै फरक नआएकाले समाजवादी लक्ष्यसहितको विचार संश्लेषण आज अनिवार्य भएकाले यो पुस्तकले थप वहसको सिर्जना गरोस् भन्ने उद्देश्यले प्रकाशित गरेको बताइन् ।

उनले भनिन्, ‘म धेरै पर जान्न विश्व कम्युनिस्ट आन्दोलन सफलताको उचाईमा पुग्नै लाग्दा के कारणले असफल भयो ?, त्यसको प्रभाव नेपालमा कस्तो पर्यो भनेर जहाँ–जहाँ आन्दोलन सफल भए त्यहा दीर्घकालीन रुपमा टिक्न किन सकेन ?, नेपालमा पनि प्रचण्डको नेतृत्वमा सुरु भएको जनयुद्ध पनि उत्कर्षमा पुग्नै लाग्दा के कारणले धोका भयो ?, २०६४ पछि माओवदी कुन ठाउँमा पुग्यो र समग्र नेपालका कम्युनिस्ट कहाँ पुगे ?’ यी यावत कुराबाट पाठ सिक्दै नेपाली क्रान्तिमा नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ विचारका साथ अघि बढाउने दृणताका साथ महासचिव विप्लवको नेतृत्वमा नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्न र कम्युनिस्ट आन्दोलबाट जनताहरुमा भएको धोकाधडीबाट मुक्त गर्न पार्टी पुनः गठन भयो । नेकपाले राजनीतिको क्षेत्रमा उत्पादनको क्षेत्रमा, दर्शनको क्षेत्रमा गरेको विकास, सामुहिक स्वामित्वको अभ्यासलाई आम बहस बनाउने ध्यायकासाथ पार्टीले घोषणा गरेको विचार सश्लेषणलाई थप उर्जा प्रधान गरोस्, आम नेता कार्यकर्ता, कम्युनिस्ट पार्टीका बिचमा एउटा तरङ्ग र उत्साह पैदा गरोस् भन्ने उद्देश्यका साथै सबैमा लेखन संस्कृती र पठन सस्कृतिको विकास होस् भन्ने यो प्रकाशनको रहेको छ ।’

आफूले नेपाली समसामयिक राजनीति र विचार सश्लेषणको अपरिहार्यतालाई उजागर गरेको विषयमा केन्द्रित रहेर आफ्नो विचार सुझाव प्रस्तुत गरिदिएकोमा टिप्पणीकारहरुलाई समेत धन्यवाद व्यक्त गरिन् । पत्रकार शिव डुम्रेद्वारा संचालित कार्यक्रमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई जनपत्रकार शोभराज बरालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा पुस्तकको बारेमा राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर, नेकपा एमालीकी स्थायी समिति सदस्य बिन्दा पाण्डे, नेकपा मासालका नेता मनोज भट्ट, बरिष्ठ साहित्यकार लेखक सौन्दर्य चिन्तक खेम थपलिया लगयतले सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।