६ पुष २०८२, आईतवार

विप्लवको हातबाट शिलुको पुस्तक ‘विचार संश्लेषण’ लोकार्पण हुँदै

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य उमा सी ‘शिलु’को पुस्तक ‘विचार विश्लेषण’ लोकार्पण हुने भएको छ । बैशाख ११ गते नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा नेपाल बार एशोसियसनको सभा कक्षमा शिलुद्वारा लिखित नविन कृति लोकार्पण हुने भएको हो ।

पुस्तक लोकापर्ण कार्यक्रममा राजनीतिक नेता तथा लेखक बिन्दा पाण्डे, लेखक–पत्रकार नरेन्द्रजंग पिटर, लेखक मनोज भट्ट, समालोचक खेम थपलिया, नेता मानुसी यमी भट्टराई, कलाकार रेखा थापा लगायतको उपस्थिति रहने प्रकाशक संस्था जनप्रचार तथा प्रकाशन प्रा.लि.ले जनाएको छ ।

जनप्रचार तथा प्रकाशन विभागका निर्देशकसमेत रहेका लेखक अनिल सीले लेखक, पाठक, सञ्चारकर्मी र राजनीतिकर्मीहरुलाई मध्यान्ह १२ बजेबाट शुरु हुने उक्त कार्यक्रममा सहभागिताको लागि निमन्त्रणा गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।