१८ बैशाख २०८१, मंगलवार

क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्छ : हितमान

1

कमल विश्वकर्मा, ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्ने बताएका छन् । बुधबार नेकपा ललितपुर महालक्ष्मी नगरपालिकाको नवौं भेलालाई सम्बोधन गर्दै यसो बताएका हुन ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेता हितमानले भने २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले गरेको नयाँ जनवादी क्रान्तिको परिकल्पना र खाका लाई हामिले पछ्याई रहेका छौ । अर्काथरी अवसरवादी कम्यूनिष्ट पार्टी र तिनका नेताहरु सामन्तबादी राज्यसत्ताको दमनलाई थेग्न नसकेर सजिलो बाटो रोज्दै संसदवादी भएका छन् ।

हामिले एउटा उचाईमा पुर्याएको जनयुद्धलाई प्रचण्ड बाबुरामले धोका दिँदा क्रान्तिलाई ठूलो नोक्सान भएको छ। जनताले हामिलाई विकल्पको रुपमा हेरेका छन् । जनताका सपना र देशको आवश्यकतालाई एकिकृत जनक्रान्तिले पूरा गर्छ, हामि पूरा गर्छौ ।

साथै उक्त भेलाले क रतन महर्जनको नेतृत्वमा २० सदस्यीय नगर कमिटि समेत गठन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको आसन्न असोज १ मा हुन गई रहेको राष्ट्रिय महाधिवेशनको पूर्व तयारीमा ललितपुरका विभिन्न ठाउँमा भेला तथा सम्मेलन र प्रचारका कामहरू भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “क्रान्तिको अधुरो कार्यभार नेकपाले पुरा गर्छ : हितमान

  1. जनपत्रीका सधै जनताको पच्छमा काम गरोस् शुभकामना

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।