८ माघ २०८१, मंगलवार

नेकपाले विचार संश्लेषण गर्ने

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले विचार संश्लेषण गर्ने भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा, प्रचण्ड र किरणसँग विद्रोह पश्चात विचारधारात्मक, संङ्घर्ष, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउने, जनतालाई अपिल गर्ने र साम्राज्यवाद विरुद्ध प्रतिरोध तिब्र पार्ने उद्येश्यले नेकपाले विचार संश्लेषण गर्ने भएको हो ।

विचार संश्लेषणका लागि नेकपाले आगामी छ महिना वरपर विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिका निर्णयहरुलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिदै प्रचार विभाग प्रमुख/ इन्चार्ज अनिल सीले विचार विश्लेषणमा पार्टीले विशेष जोड दिएको बताए ।

विप्लवको विचार संश्लेषणसँगै माओवादीहरूबिचको एकता अझै अनिश्चित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।