१३ बैशाख २०८१, बिहीबार

एकीकृत जनक्रान्ति माक्र्सवादकै निरन्तरता हो : भरत सी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एकीकृत जनक्रान्ति माक्र्सवादकै निरन्तरता भएको बताएका छन् । नेकपा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागले चलाएको राजनीति तथा वैचारिक स्कुलिङमा विपक्षीहरुले एकीकृत जनक्रान्तिलाई अपव्याख्या गरेर प्रहार गरिरहेको भन्दै यसलाई माक्र्सवादकै निरन्तरता हो भनेर डिफेन्स गर्नुपर्ने बताएका हुन् ।
नेकपाले विकास गरेको विचार (एकीकृत जनक्रान्तिमा अनिश्चय, रक्षा र रुपान्तरण) माक्र्सवादकै विस्तारित रुप हो भनेर विपक्षीहरुलाई बुझाउनु पर्ने उनको भनाई थियो । ‘केही कम्युनिस्ट बुद्धिजिविहरुले राम्रोसँग अध्ययन नै नगरी हामीले विकास गरेको विचारको खण्डन गरेको देखियो । केहीले त पुस्तकसम्मै लेखेछन् ।’, छैटौं दिनको छैटौं कक्षामा प्रशिक्षण दिदै उनले भने, ‘तपाईंहरुले यसलाई खण्डन गर्नुपर्छ, डिफेन्स, गर्नु पर्छ । तथ्य प्रस्तुत गरेर भन्नुपर्छ की यो माक्र्सवादकै निरन्तरता हो ।’
कार्लमाक्र्सले दर्शनमा नयाँ संस्लेषण गर्दै एकीकृत माक्र्सवादी दर्शनका रुपमा द्वन्दात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको विकास गरेको तथ्यलाई प्रस्तुत गर्दै विपक्षीसँग डिफेन्स गर्न उनको आग्रह थियो । ‘माक्र्सले सर्वहार वर्गलाई साथमा लिएर क्रान्ति गर्ने भन्नुभएको थियो । यता लेलिनले त्यसमा थप व्याख्या गर्दै मजदुर जोड्नुभयो भने माओले किसानलाई साथमा लिएर क्रान्ति सम्पन्न गर्नुभयो ।’, केन्द्रीय स्कुल तथा अनुसन्धान विभाग इन्चार्ज समेत रहेका उनले भने, ‘हामीले सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक समूदाय र मध्यम वर्गलाई साथमा लिदै एकीकृत जनक्रान्ति गर्ने भनेका छौं । यो माक्र्सवादबाट कसरी छुट्टै भयो ?
नेकपा पोलिटव्युरो सदस्य धुब्र सीले अर्थराजनीति विषय अन्तरगत एकाधिकारिक संगठनका रुपहरुको बारेमा चर्चा गर्दै निगम पुँजीवादका विशेषताहरुको बारेमा प्रशिक्षण दिएका थिए भने अर्का पोलिटब्युरो सदस्य असल सीले एकीकृत जनक्रान्ति पुरा गर्ने आधारहरुको विषयमा चर्चा गरेका थिए ।
त्यस्तै, नेकपा केन्द्रीय सदस्य प्रयास सीले संगठन निर्माण गर्ने एकीकृत विधि/पद्धति सिकाएका थिए भने अर्का केन्द्रीय सदस्य तीर्थ सीले पुँजीवादी युग र यसका चरणहरुको बारेमा प्रशिक्षण दिएका थिए । स्कुलको अन्तिम कक्षामा ब्लक निर्माण, माछा पोखरीको सरसफाई, केन्द्रीय कार्यालयमा लगाइएको तरकारी गोडमेल र केन्द्रीय कार्यालय रङ्रोगन गरिएको थियो । प्रशिक्षण आगामी चैत्र २० गतेसम्म चल्ने छ । प्रशिक्षणमा ४८ जना प्रशिक्षार्थीको सहभागी रहेका स्कुल तथा अनुसन्धान विभागले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।