६ बैशाख २०८१, बिहीबार

सत्ता जनताको हातमा आउन बाकी नै छ: महरा

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पुर्व सभामुख कृष्ण बहादुर महराले नेपाली जनताको हातमा सत्ता अझै आई नसकेकोले अझै क्रान्ति जरुरी रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सीकी आमा टङ्का कुमारी ओलीको निधन भएको पाँचौ दिनको सन्दर्भमा उपत्यका ब्युरोद्वारा आयोजित श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै महराले यस्तो टिप्पणी गरेका हुन।

बिहिवार ललितपुरको न्यौपाने गाउँमा भएको शभामा बोल्दै महराले सत्ता जनताको हातमा आउन बाकी नै छ, क्रान्ति फेरि एकपटक हुन्छ तर त्यो पुरानो तरिकाले होइन नयाँ तरिकाले हुन्छ” उनले भने-” नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हामी सबै कम्युनिस्टहरु बिशेष त माओवादीहरुको एकता आवश्यक छ, नयाँ आधार र रुपान्तरण सहितको एकता जरुरी छ, त्यसका लागि मैले जिम्मा लिएर बसेको छु।”

महराले माओवादीहरुको फुट र बिभाजन हाम्रो इच्छा र मनले मात्रै भएको होइन , साम्राज्यवादको षड्यन्त्र र योजनामा माओवादी आन्दोलन कमजोर हुन पुगेको समेत बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।