८ बैशाख २०८१, शनिबार

नागरिकतामा समेत सी थर लेख्न सरकारसङ्ग कुराकानी गर्छौं: विप्लव

असोज २५ गते सी परिवारका दिवङ्गतहरुको स्मृतिदिवस मनाउने छौं

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सीले जातिको थरमा सी लेख्न आवश्यक कानुनी र प्रक्रियागत कुराका लागि नेपाल सरकारसङ्ग कुराकानी गर्ने बताएका छन। नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सीकी आमा टङ्का कुमारी ओलीको निधन भएको पाँचौ दिनमा ललितपुरको न्यौपाने गाउँमा आयोजित श्रद्धाञ्जली सभामा शोकमन्तव्य राख्दै महासचिव विप्लवले यस्तो बताएका हुन।

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले कम्युनिस्टहरुका लागि जन्म , बिबाह र मृत्यु सस्कारबारे परम्परागत मान्यताका विकल्पमा नयाँ अवधारणा अगाडि सारे अनुसार पोलिटब्युरो सदस्य आदर्शले आमा टङ्काको निधनमा आज पाँचौ दिनमा श्रद्धाञ्जली सभा गरिएको हो।

सी जातिको मृत्यु सस्कार अनुसार पहिलो दिन अन्त्यष्टी, दोस्रो दिन वृक्षारोपण , तेस्रो दिन अक्षय कोष स्थापना , चौथो दिन राहात बितरण र पाँचौ दिन श्रद्धाञ्जली गर्ने निर्णय गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले बनाएको मृत्यु सस्कार अनुसार सबैभन्दा पहिले महासचिव विप्लवले आफ्नै आमा आशिका चन्दको निधनमा नै यो बैकल्पिक मान्यताको शुरुआत गरिसकेका थिए।

शोक मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले “कम्युनिस्टहरुले सस्कार सस्कृतिको बारेमा बिरोध मात्रै गर्ने होइन विकल्प पनि दिनुपर्छ -उनले भने -“कम्युनिस्टहरुले अन्तरास्ट्रिय जाति बनाउनु पर्छ भनेर युजेन पोतरको गित त गाए तर रुस , चीन लगाएतका देशहरूमा नयाँ जाति बनाएको देखिएन।त्यसको शुरुआत हामीले गर्न खोज्यौ, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बहसको बिषय हुनेछ ।”

मन्तव्यको क्रममा महासचिव विप्लवले कम्युनिस्ट क्रान्तिकारी र माओवादी आन्दोलनको एकताको अपरिहार्यता तर्फ संकेत गर्दै आफुले ठुलो पार्टी बनाएर मन्त्री हुनका लागि होइन बैज्ञानिक समाजवाद स्थापना गर्न सबै माओवादी लगाएत कम्युनिस्टहरुलाई एकता गर्न खोजेको समेत बताए।

पहिचान सहितको नामाकरणका लागि पुर्वमा आन्दोलन भैरहेको छ त्यसलाई सम्बोधन जरुरी छ।कोशी प्रदेश भन्दा हुने तर किराँत भन्दा किन नहुने भन्दै उनले पुर्वमा भैरहेको पहिचान र स्वशासनको आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको समेत बताए।

नेकपा पोलिटब्युरो सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज कृति सीको अध्यक्षता र केन्द्रिय सदस्य भृकुटीले सञ्चालन गरेको श्रद्धाञ्जली सभामा पुर्व सभामुख कृष्ण बहादुर महरा, नेकपा नेताहरु बिषम सी, शिलु सी, प्रज्वल सी, दिर्घ सी , एकराज भण्डारी , आदर्श सी, सुन्दर सी, काङ्ग्रेस नेता दिलमान सिंह चन्द लगाएत परिवारजन र पार्टी नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।