७ बैशाख २०८१, शुक्रबार

अ.ने.म.संघ क्रान्तिकारी बाँकेको सम्मेलन सम्पन्न, अध्यक्षमा महिमा

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको १२ औँ जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
कोहलपुर घरेलुको सभाहलमा सम्पन्न सम्मेलनको उद्घाटन शत्र आयोजक समितिका संयोजक महिमा सीको अध्यक्षता संगठनका केन्द्रिय सदस्य पुर्णिमा सीको प्रमुख आतिथ्यता बाँके जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रणदिप सीको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा अन्य अतिथिहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय संयोजक काली बहादुर सी, जिल्ला सेक्रेटेरी कल्पना सी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव सी, राजु सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रुपा सी, उद्योग व्यापार महाँसंघ केन्द्रीय सदस्य केशव खड्का, अखिल (क्रान्तिकारी) बाँकेका उपाध्यक्ष राकेश सी, शहिदपरिवारबाट मनमाया शर्मा लगायतको आतिथ्यता रहेको थियो । उक्त उद्घाटनमा पुजा शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि पुर्णिमा सीले वर्तमान दलाल संसदिय व्यवस्थाले नै महिलालाई शोषण गरिरहेको बताइन् ।
विशेष अतिथि रणदिप सीले वर्तमान दलाल संसदिय व्यवस्थाको चरित्र नै पछाडि परेका महिला श्रमिक समुदाय उत्पिडित क्षेत्र जाति लगायतलाई शोषण गर्ने चरित्र रहेकाले वैज्ञानिक समाजवादले मात्र महिला मुक्ति दिने बताउदै महिला सहभागिता विना वैज्ञानिक समाजवाद असंभव हुने बताए ।
यसैगरी अर्का अतिथि काली बहादुर सी, कल्पना र रुपा सीले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनले महिमा सीलाई अध्यक्ष, पुष्पा शर्मालाई उपाध्यक्ष, अमृता वली सचिव, पबित्रा सुनार सहसचिव, ज्योती सुनार कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । केशव सी र रणदिप सीको बधाई मन्तव्य र नवनिर्वाचित अध्यक्ष महिमा सीले प्रतिबद्दता मन्तव्यसहित बन्दसत्र समापन भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।