१४ बैशाख २०८१, शुक्रबार

प्रमुख प्रशासकीय अधिकृत महिनामा दुईचोटि सरुवा हुँदा स्थानीयद्वारा नगरपालिका घेराउ ।

0

कैलाली / कैलालीको टिकापुरमा आज भन्दा ३० दिनअगाडि मात्र प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाह सरुवाभएर लक्ष्मण कठायत नियुक्ति भएका थिए ।

मंगल बहादुर शाहले टीकापुरका स्थानीय विकास निकास र भूमिहीन सुकुम्बासीले पेश गरेका हरेक निवेदनहरु वास्ता नगरी गर्ने मेरो कुरा गरेको भनेर सरुवा भएका थिए

सरुवामा अर्कोतिर दिन नपुग्दै फेरी राजनैतीक पावर लगाएर साह नियुक्ती हुने खबर आएपछि स्थानी भूमिहीन सुकुम्वासीले नगरपालिका घेराउ गरेका छन ।

शाह फेरी आउने खबर आउन वित्तिकै भइरहेको काम पनि रोकिएको स्थानीयले बताएका छन।

बिरोध तथा घेराउ कार्यक्रममा उपस्थित भएका नेकपाका टिकपुर इञ्चार्ज पबन बिष्टले दलाल संसदीय व्यवस्थाका दलालहरुले खेल्ने जुहारीले कहिले मेयरले आफ्नो पावर लाएर कठायत ल्याउने, कहिले उपमेयरले आफ्नो पावर ले मंगल शाह ल्याउने जुवारी खेलेर जनतालाई विकासमा बाधक बने प्रतिकृयाहरु गर्दै गए भने नेपाल कम्युनिस्ट पार्टी संघर्षमा उत्रिने चेतावनी दिएका छन

बिरोध तथा घेराउ टीकापुरमा अवस्थित ७ वटा सुकुम्बासी वस्तीले गरेको सुकुम्बासी बासिन्दा रन वहादुर बि कले वताएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।