१३ बैशाख २०८१, बिहीबार

एकीकृत जनक्रान्तिको स्कुलका विद्यार्थीले बनाए ५ सय ब्लक

0

काठमाडौँ: एकीकृत जनक्रान्तिको स्कुलका विद्यार्थीले ५ बढी सय वटा ब्लक निर्माण गरेका छन् । नेकपा कम्युनिस्ट पार्टीले संचालन गरेको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङका विद्यार्थीहरुले ५ सय बढी ब्लक निर्माण गरेका हुन् । 

चैत्र १० गतेबाट सुरु भएको स्कुलिङको नवौं दिन तथा श्रमको अन्तिम कक्षासम्म आईपुग्दा प्रशिक्षार्थीहरुले बंगुरको खोर निर्माणका लागि सिमेन्ट र बालुवाका ५ सय बढी ब्लक निर्माण गरेका छन् ।

साथै स्कुलिङका प्रशिक्षार्थीहरुले केन्द्रीय कार्यालयमा रहेका तीन वटा माछा पोखरीको सरसफाई समेत गरेका छन् । उनीहरुले माछा पोखरीमा देखिएको झार उखेल्ने, पोखरी विस्तार गर्ने काम गरेका थिए । उनीहरुले कार्यालयको ढल निर्माण, कार्यालय वरिपरीको बारीमा सयौंको संख्यामा केराका बिरुवाहरु समेत रोपेका छन् ।

प्रशिक्षार्थीहरुले करेसाबारीमा रहेको लहरे तरकारीहरुमा ठाँक्रा हाल्ने, करेसाबारीमा भएको तरकारी गोडमेल गर्ने र कार्यालयको सरसफाई गरेर कार्यालय हराबरा बनाएका हुन् । एकीकृत जनक्रान्तिको कोर्षमा रहेको श्रमको कक्षा अन्तरगत श्रमदान गर्दै उनीहरुले कार्यालयलाई हराबरा बनाएका छन् ।  

केन्द्रीय कार्यालयमा रहेको करेसाबारीमा केन्द्रीय कायालयले विभिन्न खालका तरकारी लगाएर कार्यालयलाई हरियाली बनाएको थियो । कार्यालयलाई हरियाली बनाउन ठूलो मेहनत गरेको नेकपा केन्द्रीय स्कुल तथा अनुसन्धान विभाग प्रमुख धुर्ब सीले बताए । ‘सुरुमा कार्यालय वरिपरि करेसाबारी बनाउँदा धेरैले भेषराज सरले के गरेको यस्तो भन्ने गरेका थिए ।’, धुर्ब सीले भने, ‘अहिले देख्नेहरु अचम्ममा परेका छन् ।’

‘सुरुमा बालुवाको थुप्रो भएको यहाँ हामीले ठूलो मेहनत गरेर बारी बनायौं ।’, उनले भने, ‘गाउँका मान्छेहरुले पनि यहाँ बारी बन्दैन भन्दै हुनुहुन्थो । अहिले उहाँहरुले यहाँको तरकारी, प्याज, लसुन, आलु देखेर जिब्रो टोक्नुहुन्छ ।’

अर्गानिक मल बनाएर पटक पटक करेसाबारीमा हाल्दा बलौटे माटो पनि मलिलो बनाएको बताए । विभिन्न वस्तुहरु मिलाएर वैज्ञानिक तरिकाले मल बनाएर प्रयोग गर्दा हरियाली भएको उनको भनाई थियो । स्कुल १९ गते बेलुकासम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।