११ बैशाख २०८१, मंगलवार

सुर्खेतमा देशभक्त समाजवादी माेर्चाद्वारा मिटरब्याज बिरुद्ध प्रदर्शन

0

चैत्र २४ , सुर्खेत / देशभक्त समाजवादी माेर्चा नेपालले आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतकाे एरिचौक देखि मंगलगढी चौकसम्म प्रदर्शन गरेको छ।
लघुवित तथा बैंकको चर्काे ब्याजदर, मीटर ब्याज ,राष्ट्रिय स्वाधीनता र महङ्गीका बिरुद्ध र्यालि सहित विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो।

बिराेध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सेक्रेटरी जित सीले सरकारले व्यवसायीलाई मार पर्नेगरि बैंकले बढाएको चर्को ब्याजदरलाई १ अंकमा कायम गर्नुपर्ने , सुदखाेरले चलाएको लघुवित खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कार्वाही गर्नुपर्ने ,उपभोक्तालाई मारपर्ने गरि बढदाे महङ्गी र कालाेबजारी नियन्त्रण गर्न राज्यले समयमा नै ध्यान दिन जरुरी रहेको बताए।

कार्यक्रमलाई समाजवादी मोर्चाको तर्फबाट दयाबिरले सम्बोधन गर्दै मिटरव्याज बिरुदको संघर्ष थप शसक्त बनाउने बताएका थिए भने कार्यक्रममा समाजवादी देशभक्त मोर्चामा आबद्ध आम नागरिक , व्यवसायी ,पत्रकार ,बुद्धिजीवी, समाजसेवी , सुरक्षाकर्मी लगायतकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।