१४ बैशाख २०८१, शुक्रबार

बलत्कारी शिक्षकलाई कारवाही गर्न अखिल (क्रान्तिकारी) छात्रा बिभागको माग

0

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एसईई परिक्षा दिइरहेकी छात्रालाई जवरजस्ती करणी गर्ने शिक्षालाई कारवाही गर्न माग गरेको छ । बिहीबार अखिल क्रान्तिकारीको छात्रा विभागले एक विज्ञाप्ति जारी गर्दै अपराधि मानसिकता भएका शिक्षकलाई कडा भन्दा कडा कारवाही गरी पीडित छात्रालाई न्याय दिन मागसमेत गरेको छ ।

‘२०७९ चैत्र २१ गते साँझ दाङ जिल्ला शान्तिनगर गाउँपालिका स्थित शिवशक्ति माध्यामिक विद्यालय धनौरीमा अध्यनरत एसईई परिक्षा दिइरहेकी त्यहि विद्यालयको छात्रावासमा बस्ने एक छात्रालाई उक्त विद्यालयका शिक्षक खुमानन्द पौडेलले जबर्जस्ती करणी गरी भागेको घटनाप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’। छात्रा विभाग प्रमुख तारा संज्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म पनि उक्त अपराधिलाई प्रहरी प्रशासनले पक्राउ गरी कानुनी दायरामा ल्याउन नसकेको विषय प्रति हाम्रो संगठन केन्द्रीय छात्रा विभाग खेद प्रकट गर्दछ ।’

उक्त विज्ञप्तिमा अपराधिलाई तुरुन्त पक्राउ गरी हदै सम्मको कारवाहीसहित पिडीत छात्रा विद्यार्थीलाई उचित न्यायको लागि जोडदार माग गरिएको छ । अन्यथा छात्रा विभागले जुनसुकै किसिमको कारवाही र संघर्ष गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

‘स्कुल, क्याम्पस र विश्वविद्यालयहरुमा यस्ता किसिमका घृणित र अपराधिक क्रियाकलाप हुनु आफैमा गम्भिर अपराधको विषय हो । यस्ता जघन्य अपराधिक घटनालाई सम्बन्धित निकाय र सरोकारवालाहरुले गम्भिरतापुर्वक लिन अनुरोध गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।