२४ बैशाख २०८१, सोमबार

बालिका शालिन पोख्रेलको मृत्युको छानबिन गरी कारबाही गर्न अखिल (समाजवादी) को माग

0

काठमाडौं। चितवनकी बालिका शालिन पोख्रेल मृत्युको सत्यतथ्य छानबिन गरी कारबाही गर्न विद्यार्थी संगठन अखिल (समाजवादी) ले माग गरेको छ। संगठनको केन्द्रीय छात्रा विभागका प्रमुख तारा सन्ज्यालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकि हुन् ।

विज्ञप्तिमा भनिएको छ “यहि फागुन १२ गते चितवनको रत्ननगर टाँडी स्थित एकता शिशुनिकेतमको छात्राबासमा शिशु एकता निकेतन कक्षा ८ मा अध्ययनरत १४ वर्षिय शालिन पोख्रेल रहस्यमय मृत्यु भएको घटनाप्रति हाम्रो संगठन अखिल (समाजवादी) छात्रा विभाग सहानुभुती दुःख व्यक्त गर्दछौं । परिवारका श्रोत अनुसार एकता शिशु निकेतनमा आफ्नो छोरीले आत्महत्या नगरेको उक्त स्कुलका प्रिन्सिपल बालहरि देबकोटा, सहायक प्रिन्सिपल किरण बहादुर अधिकारी र होस्टेलका वार्डेन कमल प्रसाद शर्मा पौडेलले योजनामा बलत्कार पछि हत्या गरेको र उक्त छात्रावासमा आफ्नो छोरीसँगै एउटै कोठामा बस्ने साथीहरुसँग पनी भेट्न नदिएको आफूले न्याय माग्न जाँदा प्रशासनले गोली ठोक्ने धम्की दिएको प्रहरी प्रशासनले ४ दिनसम्म पनी किटानी जाहेरी नलिएको उल्टो पीडित पक्ष (मृतकका काका) लाई थुनामा राखेको र प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई थुनामा नराखी खुल्लामखुल्ला बाहिर हिंडिरहेको र प्याब्सनले पनी मिलौं भनी केही प्रलोभन देखाएको विषयवस्तु बाहिर आएको छ। उक्त घटनाप्रति हाम्रो छात्रा विभागको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनालाई निष्पक्ष ढंगबाट सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौं । टाँडी प्रहरी प्रशासन र एकता शिशु निकेतनका सञ्चालक र सम्बन्धित सबैलाई पीडित पोखेल परिवारलाई पीडामाथी पीडा नदिन र लासमाथी राजनीति नगर्न खबरदारी गर्दछौं ।

यदि पीडित पक्षको माग पुरा नभएको र पीडितले न्याय नपाएको खण्डमा उक्त एकता शिशु निकेतनका सञ्चालक र सम्बन्धीतहरुमाथि सशक्त संघर्ष र जनकारबाही हुने कुरा यही विज्ञप्ती मार्फत चेतावनी दिन चाहन्छौं । अन्त्यमा पीडित परिवारको साथमा अखिल (समाजवादी) छात्रा विभाग अन्त्यसम्म साथमा रहनेछ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।