१ जेष्ठ २०८१, मंगलवार

समाजवादी मोर्चा बडिकेदार गाउँपालिका संयोजकमा दीपेन्द्र सी

0

डोटी: डोटीमा तल्ला तहसम्म समाजवादी मोर्चा नेपालको समिति विस्तार हुन लागेको छ । बिहीबार डोटीको बडिकेदार गाउँपालिकामा मोर्चाको समिति विस्तार भएको हो ।

समाजवादी मोर्चा बडीकेदार गाउँपालिका संयोजकमा दिपेन्द्र सी चयन भएका छन् भने उनीसहित ७ सदस्यीय गाउँ समिति चयन भएको नेकपा नेता विमल सीले जानकारी दिए ।

दिपेन्द्र सीको अध्यक्षतामा नेकपाका केन्द्रिय सदस्य बिमल सीको प्रमुख अतिथि आथित्यतामा, माओवादी केन्द्रका जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिला विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।