१४ बैशाख २०८१, शुक्रबार

एसएसबीले नेपाली नागरिकलाई यातना दिएको बिरोधमा नेकपाद्वारा कञ्चनपुरमा प्रदर्शन

0

कञ्चनपुर/  भारत नेपाल सीमा नाकामा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । भारतीय एसएसबीले नेपाली नागरिकमाथि कुटपिट , दुर्व्यबहार र जमिन पटक पटक अतिक्रमण गरेको भन्दै सो कुराको विरोध स्वरूप शुक्रवार कञ्चनपुरको गड्डाचौकीमा नेकपा कञ्चनपुरले प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शन पश्चात आयोजित विरोध कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले अहिलेको दलाल संसदीय व्यवस्थाकै कारण भारतीय हस्तक्षेप बढेको र राजनीतिक दलहरु र यहाँको गृह प्रशासन निरीह रहेको बताए। नेपाली नागरिकले भारत संगको सीमा नाकामा स्वतन्त्र ढंगले आवतजावत गर्ने स्थिति छैन यसको एउटै कारण हो यहाँको लाचार प्रशासन , नेता विराटले भने ।

उनले भने , “ यो देशका लाचार शासकहरूको कारणले गर्दा देशको राष्ट्रियता , स्वाभिमान र सार्वभौमिकता दिनदिनै खतरामा पर्दै गएको छ हामी भन्न चाहन्छौं देशको नदीनाला, सिमाना र राष्ट्रियतालाई बन्धक राखेर आफ्नो स्वार्थ पूरा गर्न लागि पर्ने शासकका विरुद्ध आम नेपाली जनताले आन्दोलनमा उत्रिन पर्ने आज अनिवार्य आबस्यकता भइसकेको छ । ” आज आफ्नो पार्टीले सीमामा गरेको विरोध प्रदर्शन सांकेतिक रहेको बताउँदै भारतीय पक्षले ज्यादती नरोके अब नेपाली जनता निर्मम संघर्षमा जाने उनको भनाइ थियो । देशको हरेक क्षेत्रमा देखिएको समस्याको कारण विद्यामान संसदीय व्यवस्था रहेको र यसको अन्त्य गरेर वैज्ञानिक समाजवाद आए मात्रै समाधान हुने बताए ।

त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकाश सीले देशमा बढ्दै गएको परनिर्भरतालाई रोकेर देश आत्मनिर्भर हुनुपर्ने बताए । आत्मनिर्भरताले भारतीय हस्तक्षेप रोक्न ठूलो सहयोग हुन्छ – उनले भने “भारतले एकपक्षीय रुपमा नेपाली जनतालाई निरन्तर दुःख दिइरहेको हुँदा जनताले जागृत भएर सशक्त आन्दोलनमा आउनुपर्ने उनको जिकिर थियो ।”

कार्यकम प्रदर्शनकारीले भारतीय हस्तक्षेप बन्द गर , राष्ट्रियताको रक्षा गरौ , नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद जस्ता नारा लगाएका थिए । उक्त विरोध प्रदर्शनको कोण सभाको कार्यक्रम सञ्चालन अखिल क्रान्तिकारी महाकाली ब्युरो इन्चार्ज शंकर सि ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।