९ जेष्ठ २०८१, बुधबार

आदर्शवादले मानिसलाई संकटमा धकेल्छ

0

विषय प्रवेश

जीवन र जगत लाई वुझ्ने विश्वदृष्टिकोण दुइवटा छन,जसमा आदर्शवादी दृश्टिकोण र भौतिकवादी दृश्टिकोण, पहिलो आदर्शवादी दृष्टिकोण कल्पना, भ्रम र शोषण गर्नका लागि शासक वर्गले निर्माण गरेका हुन भने दोस्रो भौतिकवादी दृश्टिकोण तथ्यपरक,सत्य र विज्ञानमा आधारित दृश्टिकोण हो । दिमागमा कुन दृष्टिकोण रहेको छ त्यही अनुरुप धारणाहरु निर्माण हुन्छन र मानिसको जीवन पनि त्यसरि नै चल्ने गरेको हुन्छ । भौतिकवादवाट हेर्ने मान्छेले संसार वोधगम्य छ ,यसको व्याख्या गर्न सकिन्छ र प्रमाणित भएको कुरामात्र  विश्वास गर्दछ, अरु सवै भ्रम हो भन्छ,अध्यात्मवादलाई त्याग्न निर्देशन गर्दछ ।

तर अध्यात्मवादी दृश्टिकोणले यो संसार वुझ्न र व्याख्या गर्न सकिदैन भन्छ,यो सारा संसार इश्वरले निर्माण गरेको हो भन्छ । समाजमा धनि – गरिव हुनु पापको कारण हो भन्छ । अन्धविश्वास,रुढिवाद,धामी ,वोक्सी,भुत ,प्रेत हुन्छ भनि विश्वास गर्छ र आफ्नो सुन्दर जीवन संकटमा धकेल्छ,जसले समाजमा अराजकता र अशान्ति पैदा गर्दछ ।  जीवन र जगतलाई गलत  बुझ्ने  मानिसले परिवर्तनलाई विश्वास गर्दैन । या यसो भनौ आदर्शवादी दृश्टिकोण मान्ने मानिसले सँधै ईश्वरलाई देख्छ र भगवानलाई पुकार्छ ।

वास्तविक वस्तु स्थितिलाई बुझ्न चाहँदैन । जीवन र जगतलाई बुझ्ने सवालमा मानव जातिको एउटा ठूलो हिस्सा भ्रममा बाँचिरहेको छ । कैयौ पुस्ताहरु अधुरो जीवन लिएर संसारबाट बिदा लिई रहेको छ ।

यो पृथ्वी ,नदीनाला,वनजंगल,मान्छेको सृष्टि, पशु पन्छीको उत्पत्ति कसरी भयो होला ? रात र दिन कसरी अदलबदल हुन्छ ? ठुला–ठुला तुफान कसरी आउँछन् ? पानी कसरी पर्छ? जाडो र गर्मी कसरी भएको छ? असिना कसरी पर्छ ? हिउँ कसरी जम्छ ? भन्ने प्रकृतिको नियमलाई सही ढङ्गले बुझ्न नसक्नुमा मान्छेको ठूलो संख्यामा अझै पनि भ्रमहरु छन । मानिसहरूले जिज्ञासा राख्नु स्वभाविक पनि हो । प्रकृतिमा भएको फेरबदललाई ठिक ढङ्गले बुझ्नु भन्दा पनि बेठिक ढङ्गले बुझ्नु, गलत तर्क गर्नु, गलत दृष्टिकोण बनाउनु भनेको मानिसमा भएको अज्ञानता र आदर्शवादी वुझाई हो ।

प्रकृतिमा भएको फेरबदललाई वस्तुगत ढङ्गले देख्न र बुझ्न छोडी सवै भगवानले गराएको हो यसमा अरु कुनै कारण छैन भनेर यथार्तवाट अलग गरिदिन्छ । अध्यात्मवादले कल्पनाको स्वर्ग देख्छ, कल्पना गरेको स्वर्गलाई विश्वास गर्छ, हुँदै नभएको ईश्वर देख्ने, देवीदेउता खडा गर्ने, जहाँ गयो ढुङ्गा पूजा गर्ने, जातजाति खडा गर्ने, मानिस–मानिसलाई ठूलो र सानो बनाउने, धनी र गरीब बनाएर वर्ग विभाजन गर्ने र मानिसमा हिंसा पैदा गराउने सबै अध्यात्मवादी दृस्टीकोण हो। मानिसलाई ठगी गर्न धर्म बनाउने, कर्मलाई विश्वास नगर्ने, धर्मलाई बिश्वास गर्ने भनेको  यही आदर्शवादी भ्रम र अज्ञानताको उपज हो ।

वस्तुगत तथ्यलाई नकार्न हुँदैन शोषक वर्गले अध्यात्मवादलाई विश्वस गर्छ । वस्तु भन्दा बाहिरको शक्तिलाई मान्यता दिन्छ । श्रमजिवी वर्गलाई समेत भ्रममा राखेर आफ्नो विचार र दृष्टिकोणमा बाच्न वाध्य पार्छ । त्यसो नगरे आफ्नो स्वार्थ टिकाउन गार्हो हुन्छ । आजको वैज्ञानिक युगमा भ्रम फिजाएर मानिसलाई भ्रमजालमा ठगी गर्ने युग थामिराख्नु भनेको मानिसले जीवन र जगतको कुरा वस्तुवादी तरिकाले नबुझ्नु हो । जीवन र जगतको लामो अध्ययनपछि मार्क्स र एंगेल्सले समाजशास्त्रको बारेमा वैज्ञानिक निष्कर्ष निकाल्नु भएको थियो  ।

समाजवाद साम्यवादमा मानव समाजको बिकास हुन्छ । समाजवाद र साम्यवादमा मानव समाजमा शान्ति हुन्छ । समाजवाद र साम्यवादमा मान्छेको समृद्धि हुन्छ । आज पुँजिवादका एजेन्टहरू, साम्राज्यवादका एजेन्टहरू पनि समाजवादको नारा लगाउँछन्, समाजवादको भजन गाउँछन् । साम्राज्यवाद र पुँजिवादले जति नारा लगाए पनि समाजवादको स्थापना गर्न सक्दैन । कारण, पुँजिवादले मानिसलाई वर्ग विभाजनमा अग्रसर गराउँछ । वर्गसंघर्ष गर्ने थलो स्थापना गर्दछ ।

अध्यात्मवादमा ईश्वरीय भ्रम मानिसहरूले मान्ने भगवान वा ईश्वरको इतिहास अध्यायन गर्दा  ६ हजार वर्षयताको मात्र पाइन्छ । सृष्टिकर्ता ब्रम्हा भनेर एक थरि मान्छेले पूजापाठ गर्छन, ईश्वर सम्झन्छन्, उनको इतिहास पाँच हजार वर्ष भन्दा पुरानो छैन । क्रिश्चियनहरू यशुलाई परमेश्वर भन्छन् र सबै सृष्टिको मालिक ठान्दछन् । मुस्लिमहरू अल्लाहलाई भगवान ठान्दछन् । यि सबैको इतिहास पाँचहजार वर्ष भन्दा पुरानो छैन । पाँचअरब वर्ष सूर्यबाट छुट्टिएर बनेको पृथ्वीलाई पाँचहजार बर्ष पछि जन्मेको उनीहरूले मान्ने भगवान परमेश्वरले कसरी पृथ्वी सृष्टि गरे होला यो त ढाँटेर, झुट कुरा गरेर मानिसलाई भ्रम सृजना गर्ने,मानिस र मानिसले लेखेका कथा पढेर नभएको स्वर्ग र नर्कका कुरा गर्ने भन्दा अरु पागलमन के होला ? यो भ्रम नभएर अरु  के हुन्छ ?

मान्छेलाई जातभातमा बिभाजन गर्ने तिनै ईश्वरवादीहरू हुन् । मान्छेको जात हुँदैन भन्ने कुरा साचो सत्य हो,मान्छेको जात हुन्छ भन्ने कुराको कुनै प्रमाण छैन । मान्छेको जात हुँदैन भन्ने प्रमाण धेरै छन् । पशुपन्छिहरूको जात हुन्छ । मान्छेलाई जात हुन्छ भनेपछी मानिसलाई पशु बनाइएको छ । मान्छेलाई मान्छेले जातभात बनाएपछि त्यस्तो समाजमा कसरी बिकास हुन्छ ? पृथ्वीमा मानिसलाई बाँच्न हावा, पानी, ताप, जमिन सबै चाहिन्छ । त्यो बिना संसारमा प्राणीहरू जिउनै मुस्किल छ ।

आफूसँग भएको भौतिक शक्तिलाई देख्न नसक्ने मान्छेले यो लोक र परलोकमा नभएको शक्ति कसरी देख्न सकेको ? आफूसँग भएको दिमाग, आँखा, नाक, कान, जिब्रो छालाको महत्व बुझ्न सकेको छैन । त्यसैले मान्छेले सबभन्दा पहिले जीवन र जगतलाई बुझ्नु पर्छ । जीवन र जगतलाई बुझ्न नसक्ने मान्छेको जीवन अधुरो ,अशान्ति र पिडादाएक हुन्छ । जब मान्छे पृथ्वीमा उत्पत्ति भयो तब  समाजमा एककअर्काको संरक्षणमा बिकास भयो ।

आफन्तको मायाको कारण एक अर्कालाई सहयोग गर्न मान्छे अग्रसर भएको थियो । एक अर्कालाई आवश्यक भएकै कारण मानिसको समूहको बिकास र प्रारम्भ भएको थियो । त्यसै कारणले मानिसको समाज बन्न थालेको थियो । यसैको परिणामले समाज देश -प्रदेश क्रमशः बिकास हुँदै आज मानिस आधुनिक मानव समाजमा संलग्न भएको छ । मान्छेको जीवनसँग माया गासिएको छ ।मायामा मान्छेको जीवन छ । त्यसैमा मान्छेको समस्या गाँसिएको छ । त्यसैमा मान्छेकोमृत्यु गाँसिएको छ । मृत्युलाई स्वीकार गर्नेहरू नै भौतिकवादी हुन्छन् ।

अध्यात्मवादीहरू मृत्युलाई स्वीकार गर्दैनन् । मृत्युपछि पनि नभएको अर्को जुनीको सपना देख्छन् । संसारका प्राणीहरूमा मानिस सबभन्दा चलाख र चतुर प्राणी भएका कारण मानिसले मानिसलाई शासन गर्न थालेको छ । एकले अर्कोलाई ठग्न, एकले अर्कोलाई झुक्याउन सिपालु भएको छ । छलकपट गर्न मानिस सक्रिय छन् । त्यसैको कारण समाजमा मानिस वर्गमा विभाजित भएको छ । वर्ग स्वार्थले नै मानिसको समाजमा राजनीति सुरु भएको छ ।

मानिसको बीचमा वर्ग स्वार्थ छ । वर्गीय समाजमा वर्गीय दृष्टिकोण छ । शोषक वर्ग र शोषित वर्ग बीचको स्वार्थले समाजमा झैझगडा, लुटपाट मच्चिने गर्छ । त्यसैको कारण देश देशको समेत लडाइँ, युद्ध र झगडा निरन्तर भइरहन्छ । वर्ग दृष्टिकोण भनेको एकथरी काम गर्ने र अर्कोथरि काम नगर्ने बीचको संघर्ष हो । काम गर्नेले गरेको उत्पादन समान रूपले वितरण गर्ने भन्छ तर काम नगर्नेले काम गर्नेसँग ठगेर खाना खोज्दछ । ठगी खाने र काम गर्ने बीच संघर्ष हुनु स्वभाविक हो ।

काम नगर्नेले ठगी खान स्वर्ग र नर्कको कुरा गरी दिन बिताउँछन् । काम गर्नेलाई नभएको स्वर्ग देखाउँछन् । अनि नर्क देखाउँछन् । त्यस्तै खालको धर्म बनाउने, त्यस्तै खालको जात बनाउँछन् त्यसैसँग मिल्ने संविधान बनाउँछ, नियम कानुन कार्यविधि बनाउँछ, त्यसैसंग मिल्ने प्रशासन बनाउँछ, सेना पुलिस खडा गर्छ, जेल अदालत बनाउँछन्, ठगहरूको विरूद्ध केही बोले जेलमा लगेर थन्काउँछ । अध्यत्मवादी दृष्टिकोणले पूँजीवादको संरक्षण विकास गर्दछ ।

पुजीवादले समाजमा असमानता,असान्ति,अराजक्ता पैदा गर्दछ । आज नेपालमा पनि दलाल पूँजीवादी व्यवस्था कायम छ । जनताको जीवनमा असान्ति, असुरक्षा र संकटहरु पैदा गरिरहेकोछ । सरकारका प्रतिनिधिहरु छोडेका साँडेहरुजस्तो स्तानियतहरुमा भ्रस्टाचार गरिरहेकाछन । जनतालाई हेपीरहेका छन । त्यसैले आदर्शवादी दृष्टिकोण छोडौं विज्ञानमा आधारित भौतिकवादी दृष्टिकोण आत्मसाथ गरौं, जीवनलाई सहि तरिकाले जीउन सिकौं । अव श्रमजीवि वर्गले भौतिकवादलाई विश्वास गरी समुन्नत समाजको निर्माणमा अघि बढ्नुको विकल्प छैन ।

निश्कर्ष
भौतिकवादी दृष्टिकोणले जगत र जीवनलाई सहि तरिकाले वुझ्ने गर्दछ । यसले विज्ञानलाई विश्वास गर्दछ, अन्धविश्वास र इश्वरिय कल्पनालाई खारेज गर्दछ । यसले माक्र्सवादी विचारलाई विश्वास गर्दछ । समाजमा धनि गरिव हुनुको कारण कुनै पूर्वजुनिको पापको कारण नभई पूँजीवादी दमन र स्वोषणको कारणले हो भन्ने चेतना भरिदिन्छ । माक्र्सवादी विचारले समाजवाद हुदै साम्यवा प्राप्त गर्दछ ।

समाजवाद र साम्यवादले वर्ग विभेद मेटाउने काम गर्छ । वर्गविहीन समाज स्थापना गर्छ । समाजवाद र साम्यवादले मात्र उत्पादन प्रणाली र वितरण प्रणालीको व्यवस्थापन गर्न सक्छ भन्ने वैज्ञानिक विश्लेषणद्वारा माक्र्स र एंगेल्सले समाजलाई ठूलो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको वैचारिक हतियार प्रदान गर्नुभएको छ ।

आजको युगमा भौतिकवादी दृष्टिकोण र वैज्ञानिक समाजवादले मात्र आजका आम मानिसहरूको आवश्यकता पुरा गर्छ । आम जनताका आवश्यकता पुरा भए मात्र जनताको जीवन खुसी र सुखी हुन्छ ,तब मात्र समाजमा शान्ति र समृद्धि प्राप्त हुन्छ ।
समाप्त


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।