२५ जेष्ठ २०८२, आईतवार

जातीय छुवाछूत र विभेद समाजको साझा सवाल

0

चितवन / चितवनमा आयोजित एक अन्तर्कृयाका सहभागी हरुले समाजमा रहेको बिभेद र छुवाछूतको समस्या सबैको साज समस्या भएको बताएका छन। शुक्रबार श्रमिक समुदाय बिभागद्वारा आयोजितपरिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व ” बिषयक अन्तर्कृयाका सहभागीहरुले यस्तो धारणा राखेका हुन।

चितवनको भरतपुर महानगर पालिका स्थित जिल्ला बिकास समितिको सभा हलमा गरिएको अन्तर्कृयामा श्रमिक समुदाय
विभागका इन्चार्ज सन्तोषी सी को अध्यक्षता, नेकपा पि बि एम तथा नारायणी ब्युरो इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला सेक्रेटरी रुद्र सी , नेपाल उत्पीडित जातिय मुक्ति समाजका स्थायी कमिटी सदस्य गोपाल परियार , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव रमेश रसाइली , दलित मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष राम चन्द्र बिक , पत्रकार अमिर रामदाम , नेपाल रास्ट्रीय दलित समाज कल्याण संघ जिल्ला अध्यक्ष कृष्ण परियार , नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य टेक ब. विश्वकर्मा , जात वयवस्था उन्मुलन मोर्चाका केन्द्रीय सदस्य लक्ष्मी सुनार , भरतपुर महानगर पालिकाका १ देखि २९ वटै वडाका जन प्रतिनिधि ,दलित महिला सदस्यहरु लगायत अन्य थुप्रै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सरोकारवालाहरुको उल्लेख्य सहभागीतामा आयोजकको तर्फबाट प्रस्तुत अवधारणा पत्र माथी टिप्पणी गर्दै ” परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व ” विषय सम्पुर्ण दलित उत्पीडित श्रमिक समुदायको साझा विषय भएको हुँदा सबैले सकारात्मक रुपमा बुझ्न आवस्यक रहेको सहभागीहरुले बताएका छन।

 

अन्तर्कृयामाश्रमिक समुदाय मोर्चाका ब्युरो संयोजक  धर्म सीको स्वागत मन्तव्य र डिल्ली सीको संचालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।