१३ बैशाख २०८१, बिहीबार

हो चि मिन्ह र भियतनामको क्रान्ति

0

भियतनाम दक्षिणपूर्वी एसियामा अवस्थित एक सानो देश हो । उन्नाइसौ शताब्दीको समयमा जब युरोपियन शक्तिहरू व्यापार र आफ्नो साम्राज्य बढाउने तर्फ लागेका थिए तब यो देश फ्रान्सको प्रभुत्वमा परेको थियो । सन् १८५८ को फ्रेन्च र स्पेनिस अभियानले सैजोन कब्जा गन्यो । त्यसपछि त्यही स्थानमा सन् १८६२ मा भएको सन्धि मुताविक पूर्वीय केही प्रान्तहरू फ्रान्सले पाउने भयो तर विस्तारै उसले आफ्ना पापी नजरहरू सम्पूर्ण भियतनाम कब्जा गर्नेतर्फ दौडायो र
त्यो पूरा गयो पनि । तर यो सानो देशका वीर जनताहरू फ्रान्सको अत्याचार सहेर बसेनन् । त्यसैले उनीहरूले शुरूमा फ्रान्स र पछि अमेरिकी साम्राज्यवादको विरूद्ध पचास वर्षसम्म लडाइँ लडिरहे ।

शुरूमा भान टुङ्ग ट्रक जो एक किसान सिपाही थिए, उनले स्वतन्त्रताको लागि आफ्नो आवाज बुलन्द पारे तर उनलाई साम्राज्यवादीहरूले मृत्युदण्ड दिए । आफ्नो मृत्युभन्दा पहिले उनले घोषणा गरे कि “यो देशको पवित्र भूमिमा जबसम्म घाँस उम्रिरहने छ तबसम्म साम्राज्यवादीहरूका विरूद्ध जनताहरूले आफ्नो ज्यानको बलिदान दिनेछन् ।

साँच्चै नै आफ्नो राष्ट्रलाई स्वतन्त्रता नदिलाएसम्म यो देशले वीर, योद्धाहरूलाई जन्म दिइरह्यो ।

भियतनामको ङे एन प्रान्तको नामदान जिल्लाको सेन गाउँमा १९ मे १८९० मा हो चि मिन्हको जन्म भएको थियो । उनको बाल्यकालको नाम कुङ् थियो । त्यसपछि न्युएन तान टानका नामबाट चिनिन थाले । उनी ११ वर्षको हुँदा आर्थिक दुरावस्थाले उपचार नपाएर उनकी आमाको मृत्यु भयो । पिता ङ एन मिन्ह आर्थिकरूपले एक नाजुक बुद्धिजीवी थिए । उनी शास्त्रीय मानवविज्ञानमा डाक्टर गरेका सामन्तवाद, साम्राज्यवादका विरोधी र एक देशभक्त नागरिक थिए ।

आफ्नो जीवनको अठारौ वसन्तमै उनी फ्रान्स गई क्रान्तिलाई अगाडि बढाउने कुरामा व्यापक अध्ययन गर्न थाले । फ्रान्स र इंग्ल्यान्डमा बसेर अध्ययन गरे, अनुसन्धान गरे, क्रान्तिकारी गतिविधि चलाए । उनले प्रवासी भियतनामीहरूबीच संगठन गरे । यसै सिलसिलामा उनी रूस, चीन, जर्मनी, अफ्रिकालगायतका देशमा पुगे । यस क्रममा उनले अनेक दुःख, कष्ट र हन्डर खाए, जेलनेल भोगे, उनले अर्काको जुठा भाँडा माझे, चुरोट, पत्रिका बेचे, खेत जोते भान्से बने ।

सन् १९३० मा उनी थाइल्यान्डबाट हङकङ पुगे । त्यहाँ आयोजित भियतनामका विभिन्न राजनीतिक पार्टीहरूको सम्मेलनको अध्यक्षता गरे र फ्रान्सेली उपनिवेशवादविरुद्ध सोभियत जासुस’, ‘कम्युनिस्ट’, हङकङलाई तहसनहस पार्न हङकङ पसेको जस्ता संयुक्त संघर्ष गर्ने निर्णय गरे । तर हङकङ प्रहरीले उनलाई समाते । उनलाई आरोप लगाई जेल हालेर मुद्दा चलाइयो तर हङकङ सरकारले प्रमाण पेश गर्न
नसक्दा उनी जेलबाट रिहा भए ।
सन् १९२९ मा उनको नेतृत्वमा हिन्दचिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सन् १९३० मा एकीकृत भियतनामी कम्युनिस्ट पार्टीको स्थापना गरेर उनले क्रान्तिकारी आन्दोलनको नेतृत्व गरे ।

सन् १९४१ मा हो चि मिन्ह आफ्नो पितृभूमि फर्के । लामो निर्वासनपछि स्वदेश फर्की पितृभूमिको क्रान्तिलाई सफलतापूर्वक नेतृत्व गरे । सन् १९४५ देखि सशस्त्र आक्रमण सुरू गरे । देशव्यापीरूपमा क्रान्ति सल्काए । १९ अगस्ट १९४५ मा राजधानी हनोइ कब्जा गरे । २ सेप्टेम्बर १९४५ मा स्वतन्त्र भियतनामको घोषणा भयो र हो चि मिन्ह नयाँ भियतनामको राष्ट्रपति बने ।

३ मे, १९३० मा तीन भियतनामी कम्युनिस्ट समूहहरूले हङकङमा बैठक गरे र महान् स्वतन्त्रताका नेता हो चि मिन्हको नेतृत्वमा एकीकृत आन्दोलनमा जाने निर्णय गरे । यो बैठक बस्नुभन्दा पहिले ती कम्युनिस्ट पार्टीहरूबीच विभिन्न विषयहरूमा गम्भीर मतभेद थियो । यही फुटको कारणले फ्रान्स उनीहरूका क्रियाकलापहरूलाई दबाउन सफल भइरहेको थियो । हो चि मिन्हले पार्टीलाई एकीकृत गरेपछि फ्रान्सविरूद्ध चलाइने अभियानलाई केन्द्रित गरिने योजनाहरू स्पष्ट गरे । भियतनाममा यसरी एकीकृत भएको कम्युनिस्ट पार्टीको नाम परिवर्तन गरेर इन्डो चाइना कम्युनिस्ट पार्टी राखियो ।

उक्त पार्टीले क्रान्तिका लागि एघार वटा बुँदाहरू अगाडि ल्यायो । यसै परिप्रेक्ष्यमा भियतनामको कुनाकुनामा कम्युनिस्ट पार्टीको प्रभाव अत्यधिक रूपमा बढ्न थाल्यो । १९३०-३१ मा भएका क्रान्तिहरूमा यही कम्युनिस्ट पार्टीले प्रभावशाली नेतृत्व प्रदान गर्यो । यसै सन्दर्भमा एन आन र हा निह प्रान्तका जनताहरूले प्रशासनमाथि नियन्त्रण कायम गरे आफ्नै गाउँ परिषद प्रशासनको स्थापना गरे । तर फ्रान्सको क्रूर दमन र कडा कार्वाहीको कारणले उक्त स्थानीय सरकार ६ महिनाभन्दा बढी टिक्न सकेन । यसबेला हो चि मिन्हले उक्त क्रान्ति हङकङमा बसेर संचालन गरिरहेका थिए र त्यो स्थानीय सरकार असफल भएका कारणहरू उनले स्पष्ट गरे ।

हो चि मिन्हसँग पहिले नै इंग्ल्यान्ड, फ्रान्स, चीन र रूसमा भएको जनआन्दोलनको अनुभव रहेको थियो । त्यसैले उनले बुझेका थिए अब कम्युनिस्ट विचारधारालाई कसरी भियतनामी भूमि मुताविक सफलता उन्मुख गराउने ।
सन् १९३६ मा भियतनाममा शासन गर्ने फ्रान्सको सरकार परिवर्तन भयो यसले इन्डो चाइनाका उपनिवेशहरूमाथिको आफ्‌नो पहिलेको कडा रवैयालाई खुकुलो पायो । फ्रान्सको यस्तो उदारवादी नीतिको पूरा फाइदा भियतनामको कम्युनस्ट पार्टीले लियो । तिनीहरूले आफ्ना सिद्धान्त र विचारधारा तथा क्रान्तिका कार्यक्रमहरूमा आमूल परिवर्तन गरेर इन्डो चाइना क्षेत्रमा आफ्नो पार्टीको सुधार कार्यक्रमहरू निर्धारित गरे ।

यसपछि तिनीहरूका मुख्य मागहरूमा प्रजातान्त्रिक सुधार, जनस्तरमा प्रभावकारी सुधार र बालिग मताधिकार र स्थानीय निर्वाचन प्रमुख थिए । मजदुरहरूले आफ्नो पार्टीका मागहरू पूरा गराउन काम ठप्प पारे भने किसानहरू प्रदर्शन गर्दै सडकमा उत्रिए । मे १९३८ मा सबैभन्दा ठूलो प्रदर्शनको रूपमा ५००० जनताहरू सडकमा उत्रिए । त्यस बेला चर्चित भियतनामी नेता हो चि मिन्ह जापान विरूद्धको चिनियाँ युद्धमा सहभागी बनेर क्रान्तिको अनुभव हासिल गररहेका थिए ।

सेप्टेम्बर, १९३९ मा दोस्रो विश्वयुद्ध शुरू भयो । यसको लगत्तै फ्रान्सले पहिले दिएका अधिकारहरू खारेज गर्दै भियतनामी विरूद्ध कडा कार्वाहीको अभियान संचालन गर्यो । भियतनामी जनताहरूका राजनैतिक र मौलिक अधिकारहरू समाप्त पारियो । सयौको संख्यामा क्रान्तिमा संलग्न जनताहरूलाई गिरफ्तार गरियो । फाम वान डाङ र वो गिप्पा भागेर चीन पुगे र त्यहाँ उनीहरू हो चिसँग सम्बन्ध स्थापित गर्न प्रयासरत रहे । उनीहरूले हो चि मिन्हसँग सम्पर्क गरेपछि उनकै सल्लाह मुताविक उनीहरूले क्रान्तिकारी संगठन स्थापना गर्ने निधो गरे र त्यो आन्दोलनलाई भियत मिन्ह नाम दिइयो ।

यो क्रान्तिकारी संगठनले भियतनामी जनताहरूलाई संगठित र एकीकृत भएर त्यहाँको फासिस्ट सरकारको विरूद्ध कडा चुनौती दिन आह्वान गर्यो । यसको साथसाथै उनीहरूले आफ्ना क्रियाकलापहरू भियतनामबाट फ्रेन्च सरकार धपाउने कार्यक्रमहरूको योजना पनि तर्जुमा गरे । यसै परिप्रेक्ष्यमा तयार गरिएको एक पम्प्लेटमा हो चि मिन्हले यस प्रकारको नारा लेखे-“फ्रेन्च साम्राज्यवाद र जापानिज फाँसीवाद, दुवै राष्ट्रिय स्वतन्त्रताको आन्दोलन र विश्व क्रान्तिका शत्रु हुन् ।”

यसपछि भियतनामी जनताहरू छिमेकी देशमा चलेको क्रान्तिको विद्रोही सैन्यमा हुन छोडेर आफ्नै देशको स्वतन्त्रता क्रान्तिमा सरिक हुन थाले । तिनीहरू अब अन्तर्राष्ट्रियवादमा विश्वास गर्दै सशक्त राष्ट्रवादी सोच राख्न थाले । विद्रोहहरू विभिन्न स्थानमा उग्र रूपमा चल्न थाले । जस्तै टोन्किन क्षेत्र, अन्नामको डो लङ्ग र कोचिन – चाइना क्षेत्रमा विद्रोहले कडा रूप लियो । फ्रान्सले उक्त विद्रोह दबाउन अत्यन्त क्रूरताको व्यवहार गर्यो । निहत्था जनताहरूको छातीमा दयाहीन रूपले मेसिन गन दागियो । साराका सारा गाउँहरूमा आगो लगाइयो । निर्दोष जनताहरूलाई आफ्नो चिहानको खाडल आफैँ खन्न लगाएर तिनीहरूलाई जिउँदै गाडियो ।

दोस्रो विश्वयुद्ध चलिरहेको थियो । युरोपमा जर्मनीले फ्रान्समाथि हमला गरेर नियन्त्रण कायम गरेको अवस्था थियो भने फ्रान्स कमजोर भएको परिस्थिति बुझेर जापानिज सैन्यहरू भियतनाम प्रवेश गरे । हो चि मिन्हले आफना क्रान्तिकारी योद्धाहरूलाई सन्देश पठाउँदै भने कि उनीहरूले जापानिज विरूद्ध छापामार युद्धकला अपनाउन् र तिनीहरूलाई तहसनहस पारून् ।

फिर्ता तीस वर्ष निर्वासनपछि भएको थियो । उनी आफ्नो मातृभूमि फर्किने बित्तिकै यसै परिप्रेक्ष्यमा जनवरी १९४१ मा हो ची मिन्ह भियतनाम फर्किए । उनको यो क्रान्तिमा प्रत्यक्ष सहभागी भएर त्यसलाई नेतृत्व प्रदान गर्न थाले । उनले क्रान्तिलाई आफनो नियन्त्रणमा लिएर अझ सशक्त बनाए । उनले क्रान्तिकारीहरूका अनेकौ संगठन र कार्यक्रमहरू तय गरे । उनले राजनीतिवादी समूहको गठन पनि गरे । कम्युनिस्ट पार्टीले आफ्नै समाचार पत्र पनि प्रकाशित गन्यो । १९४१ को अन्त्यसम्म कम्युनिस्टहरूले काव-वाङ्ग क्षेत्रमा विभिन्न आधार इलाकाहरू खड़ा गयो । रूस र चीनका छापामार युद्धहरुबाट प्रत्यक्ष अनुभव पाएका हो ची मिन्हले छापामार युद्ध कला सम्बन्धि निकै पुस्तकहरू लेखे । उनले रसियन कम्युनिस्ट पार्टीको इतिहास र भियतनाम माथिको फ्रान्सको आधिपत्यको इतिहास भन्ने पुस्तक पनि लेखे ।

पछिल्लो पुस्तकमा उनले भियतनामी स्वतन्त्रता क्रान्तिका कारण र चरणहरू पनि लेखेका थिए । उनको उक्त पुस्तकमा उनले एउटा भविष्यवाणी तर ठोकुवा गरेर नै के लेखे भने १९४५ सम्ममा भियतनाम पूर्णरूपले विदेशीहरूको पञ्जाबाट मुक्त हुनेछ ।

विस्तारै विस्तारै क्रान्तिकारी कम्प्युनिस्टहरूका आधार इलाकाहरू लम्सुङ भन्ने स्थानसम्म फैलिएर भियत- मिन्हले आफ्ना छिमेकी देशहरूबाट पनि क्रान्तिको लागि सहयोग लिने निर्णय गरे । हो चि मिन्ह केही सहयोग पाउने अपेक्षाका साथ चीन गए । त्यहाँ उनले च्याङ काई सेकसँग भेट्ने आफ्नो इच्छा जाहेर गरे साथै उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क गर्ने कोसिस गरे । तर उनी गिरफ्तारीमा परे । उनी गिरफ्तार भएको चौध महिनापछि मुक्त गरिए । उनी मुक्तिको लागि चिनियाँ सरकारमाथि कडा दबाबहरू परेको थियो । उनको गिरफ्तारीको चौध महिने समयमा उनको स्वास्थ्य साह्रै नराम्ररी बिग्रियो । तथापि उनीसँग कहिल्यै कमजोर नहुने साहस भने रहेकै थियो ।

उनले आफ्नो हाडजोर्नी दुख्ने र नशा सुन्निने रोग पहाड चढेर नै निको पारे । त्यो मात्र होइन उनले अन्धकारमा देख्न सक्ने अभ्यास पनि गरेका थिए । उनले चीनमा बसिरहेको ठूलो संख्याका भियतनामी जनताहरूलाई आफ्नो देश फर्किएर स्वतन्त्रताको महान् क्रान्तिमा सरिक हुन आह्वान गरे । यस प्रकारको आह्वान गरे लगत्तै उनी १९४४ मा आफ्नो दुई वर्षे चीन बसाइपछि पुनः भियतनाम फर्किए । विश्व राजनीतिको बदलिदो परिस्थितिमा भियत-मिन्ह छापामारहरूले जापानी सैनिक विरूद्ध संयुक्त रूपमा लड्न फ्रेन्चहरूलाई प्रस्ताव राखे । तर फ्रेन्चहरूले कम्युनिस्टसँग नभई जापानीहरूसँग चाहि मिलेर जानु उचित ठाने ।

तिनीहरूले भियतनामी जनताहरूलाई भियत-मिन्हमा सामेल हुनबाट रोक्न डर र त्रास देखाउन थाले । तर यस्तो कार्यका उल्टो प्रभाव पर्न थाल्यो । उनीहरू जति जनताहरूलाई भियत-मिन्हमा सामेल हुनबाट रोक्थे त्यति नै धेरै जनताहरू उक्त पार्टीको सदस्य हुँदै संगठित हुन थाले ।

क्रान्तिकारीहरूको अब यसरी अप्रत्यासित रूपले बढ्यो कि जताततै विद्रोह नै विद्रोह फैलियो । उता फ्रान्सका जनरल डे गलले विजय पाएपछि फ्रान्स र जापानका बीच स्पष्ट मनमुटाव शुरू भयो । यही परिस्थितिको फाइदा लिँदै क्रान्तिकारीहरूले आफ्ना कार्यक्रमहरू तीव्र र जोडदार बनाउन थाले । हो चि मिन्हले क्रान्तिलाई अझ सशक्त बनाउन नेशनल लिबरेसन आर्मी गठन गर्ने निर्णय गर्दै । यसको जिम्मेवारी जियपलाई दिए । सर्वप्रथमा ३४ जना युवाको नेतृत्वमा फाइटिङ फार्स गठन गरियो । तिनीहरूमध्ये अधिकांश चीनमा तालिम प्राप्त व्यक्तित्व थिए । यो समूहलाई लिवरेशन र प्रोपोगण्डा समूह पनि भनियो । यसको गठन लगत्तै यो समूहले दुई स्थानमा जोडदार विजय प्राप्त गन्यो । उता ९ मार्च, १९४५ मा जापानी • सैन्यले फ्रेन्च सैन्यलाई सत्ताच्यूत गर्यो । कैयौ फ्रेन्च नागरिकहरू गिरफ्तार गरिए । 

१ मार्च, १९४५ मा भियत मिन्ह पार्टीले फ्रेन्च जनता विरूद्धको शत्रुता अन्त्य भएको घोषणा गर्यो र तिनीहरूलाई शरणार्थीको मान्यता दिने निश्चय पनि गर्यो । भियतनामी छापामार योद्धाहरूले कैयौ फ्रेन्च कैदीहरूलाई मुक्त गर्न धेरै स्थानमा जापानी विरूद्ध आक्रमण गर्यो जापानीहरूले डाई-भियतलाई एक पुतली सरकार गठन गर्न अनुमति दिए । तिनीहरूले भियत-मिन्ह पार्टीका अभियानहरू निस्तेज पार्न एक सैन्यको गठन पनि गरे । तर अत्याधिक संख्यामा रहेका भियत-मिन्हले अनेकौ भयानक हमला र प्रतिकारहरू गर्दै कठपुतली सरकारका सैन्यको हतियार जफत गरे ।

तिनीहरूले भियतनामी जनताहरूलाई सम्बोधन गर्दै नारा दिए,जापानीहरूलाई अन्न र पैसा बन्द गरौ ।”
भियत-मिन्ह सैन्य संरचना जो ३४ जना युवा, तीनवटा राइफल र एउटा पेस्तोलबाट शुरू भएको थियो, अब शक्तिशाली १०,००० युवा र अनेकौ हतियार सहित कैयौ भूमिगत समूहहरूमा फैलिसकेको थियो ।

१५ अगस्ट, १९४५ मा कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाका टान ट्राभमा सम्मेलन गयो । उक्त सम्मेलनले झन कडा निर्णयहरू लिइसकेको भोलिपल्ट नै जापानी सैन्यहरूले दोस्रो विश्वयुद्धमा पराजित भएको भन्दै आत्मसमर्पण गयो । सशस्त्र क्रान्तिको लागि भएको कम्युनिस्ट पार्टीको महासम्मेलनले नेशनल लिबरेशन कमिटी निर्वाचित गर्यो । जापानी सैन्य पोष्टहरू विनाश गरिए, हनोइमाथि क्रान्तिकारीहरूले नियन्त्रण कायम गरे । २ सेप्टेम्बर, १९४५ का दिन हो चि मिन्हले भियतनाम गणतन्त्रको स्वतन्त्रताको घोषणा गरे ।

तर, भियतनामले अझै पनि विदेशी प्रभुत्व र साम्राज्यवादका विरूद्ध गर्नुपर्ने संघर्षको लामो मार्ग थियो । दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेका ब्रिटेन र चीनले जापानी सैन्यहरूलाई हतियारविहिन गर्ने भन्ने बहाना बनाउँदै भियतनामलाई दुई भागमा विभाजित गरे । दक्षिणी भाग ब्रिटिश सैन्यको नियन्त्रणमा पयो भने उत्तरी भियतनामचाहिं चीनका च्याङकाई सेकको सैन्य नियन्त्रणमा फँस्यो । सेप्टेम्बर २३ मा ब्रिटिश सैन्यले सैगुनलाई घेराबन्दी गरे । यो उसको नयाँ चालमात्र थियो । सर्वप्रथम, जापानीहरूलाई एकातिर पठाइयो र ब्रिटिश र भारतीय सैनिकहरूलाई जापानीहरूलाई निशस्त्र तुल्याउने बहाना गरेर परिचालित गरियो । यसै परिप्रेक्ष्यमा फ्रेन्च सैन्यहरूले चाहिँ ब्रिटिशबाट हतियार लिएर भियतनामीहरूमाथि प्रहार गरे र ब्रिटिश र भारतीय सैन्य समूहको पछाडि लुक्न थाले ।

अत्याचार जथाभावी रूपमा बढ्न थालेपछि भियतनामीहरू अब कडा प्रतिकारमा उत्रन थाले । उत्तर भियतनामी देशभक्तहरू दक्षिणको राष्ट्रिय संघर्षमा संलग्न हुन त्यतातिर गए । त्यहाँ धेरै रक्तपात भयो । उत्तरमा पनि हो चि मिन्हले च्याङ काई सेकका सैन्यलाई त्यहाँबाट हटाउन निकै समस्याहरू ब्यहोर्नुपर्यो । ६ जनवरी, १९४६ मा चुनाव भयो, त्यसमा हो चि मिन्हले विजय पाए ।

. आफ्नो देशलाई दीर्घकालीन युद्धबाट बचाउन, पुनर्निमाण गर्नको लागि र सबल अर्थतन्त्र बनाउन पनि ६ मार्च, १९५४ मा हो चि मिन्हले फ्रान्ससँग सन्धि गरे । उनको यस्तो कार्यले चौतर्फी उनको आलोचना भएको भए पनि उनले आफूलाई आलोचनाबाट बचाए । त्यसै वर्षको ३१ मेमा उनी फ्रान्सको भ्रमणमा गए तर उनको उक्त भ्रमणबाट कुनै पनि महत्वपूर्ण उपलब्धि हासिल भएन । बरू उनको फ्रान्स भ्रमणको केही समयपछि नै फ्रान्सले सन्धि तोड्दै हनोई र अन्य शहरहरूमाथि हमला गयो । फ्रान्सद्वारा गरिएको बम वर्षाको कारणले हाइ फोङ्गका ६००० भन्दा बढी मानिसहरूको ज्यान गयो र कैयौं मानिसहरूका घर भत्किए अनि कैयौँ गम्भीर घाइते भए । शुरूशुरूका केही हमलाहरूमा फ्रान्सले विजय प्राप्त गरेको भए पनि देशभक्त र बहादुर भियतनामीहरू आफ्नो ज्यानको पर्वाह नगरी युद्धमा सामेल भए ।

ती देशभक्त भियतनामी जसले फ्रान्सप्रति पहिले आफ्नो सकारात्मक दृष्टिकोण राखेको भए पनि फ्रान्सको धोकेवाज र अत्याचारी व्यवहारको कारण पुनः युद्धमा सामेल हुनुपरेपछि देखाएको बहादुरितामा असंख्या फ्रेन्च सैनिकहरूलाई मृत्युको मुखमा पुऱ्याए । फ्रान्स र भियतनामबीचको उक्त संघर्ष ७ मे, १९५४ सम्म चलिरह्यो । यसैबीच ५५ दिनसम्म डियन बियन फुमा भएको घमासान युद्धपछि फ्रेन्च सैनिकहरू भियतनामी क्रान्तिकारीहरूको घेराबन्दीमा परे । यस्तो संकटको बेलामा फ्रान्सले अमेरिकासँग सहयोगको याचना गर्यो तर अमेरिकाले फ्रान्सलाई सहयोग गर्न अस्वीकार गर्यो । फ्रेन्च सैन्यहरू नराम्ररी पराजित भए ।

भियतनाम, लाओस् र कम्बोडियाको समस्या समाधान गर्न जेनेभा सम्मेलन गरियो । यसले इन्डो-चाइना क्षेत्रमा शान्ति हुनुपर्ने निर्णय गर्यो र २० जुलाई, १९५० मा यही सम्मेलनले उत्तर र दक्षिण भियतनाम छुट्याउने सिमानालाई १७ समानान्तर भनेर घोषणा गन्यो सोभियत युनियन, ब्रिटेन र कम्युनिस्ट चीनले यस विषयमा सहमति जनाए तर अमेरिकाले त्यहाँ हस्ताक्षर गर्न अस्वीकार गर्यो ।
उत्तर भियतनामले सोभियत युनियन र कम्युनिस्ट चीनको समर्थन पाएको थियो । ब्रिटेन र संयुक्त राज्य अमेरिकाले भने दक्षिणी भियतनामको समर्थन गरे । संयुक्त राज्य अमेरिकाले दक्षिण भियतनाममा नगो डिन्ह डिएमको नेतृत्वमा आफ्नो कठपुतली सरकार गठन गयो ।

दुई सय अमेरिकी सैन्य रहेको स्पेसल टास्क फोर्सको गठन अमेरिकाले गर्यो । विस्तारै अमेरिकी सैन्यले अब फ्रेन्च सैन्यलाई प्रतिस्थापित गर्न थालेका थिए । यस प्रकारका प्रतिस्थापनले दक्षिणी भियतनाम फ्रान्सबाट अमेरिकी उपनिवेश बन्न पुग्यो । तर जेनेभा सम्मेलनमा एक आम निर्वाचनपछि दुवै भियतनाम एक हुन सक्छन् भन्ने सहमति गरेर उल्लेख गरिएको थियो । तर अमेरिकाद्वारा स्थापित दक्षिण भियतनामी कठपुतली सरकारले आफ्नो देश स्वतन्त्र र सार्वभौम भएको घोषणा गर्यो । दक्षिण भियतनाम दक्षिणपूर्वी एसिया सन्धि संगठन (South-East Asia Treaty Organization) को सदस्य बन्यो ।

यो अमेरिकाद्वारा कम्युनिस्टहरूको प्रभाव कम गर्न बनाइएको संगठन थियो । जेनेभा सहमति मुताविक २० जुलाई, १९५६ मा निर्वाचन गरियो तर त्यो अमेरिकाको सक्रियतामा दक्षिणी भियतनाममा सम्पन्न भयो र त्यसले १२३ जनाको एसेम्बलीनिर्माण गयो ।दक्षिण भियतनाममा अमेरिकाद्वारा निर्मित कठपुतली सरकारले कुनै महत्वपूर्ण काम गर्न सकेन । उसले न त भूमिसुधार कार्यक्रम ल्यायो न त प्रशासकीय सुधार नै गन्यो । उक्त सरकार भ्रष्टाचार र जनताप्रतिको चरम शोषणको कारण अत्यन्त अलोकप्रिय बन्यो । यस्तो अलोकप्रिय सरकारका विरूद्ध दक्षिणमा भियत-कङ्ग नामक कम्युनिस्ट संगठनले संगठित रूपमा विद्रोह शुरू गर्यो । शुरूका चरणहरूमा भियत-कङ्गले उत्तरबाट आर्थिक र सैन्य सामग्री सहायताहरू मात्र पायो । पछि 1. गएर उत्तर भियतनामका सैनिकहरू स्वयं दक्षिणको कम्युनिस्ट संगठनको सहयोगको उत्तरी भियतनामका योद्धा विरूद्ध लडन् ४,००० संख्यामा सैनिकहरू पठाए । सन् लागि गए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले भियत-कङ्गन १९६५ देखि अमेरिकी वायु सेनाले विभिन्न बहानामा उत्तर भियतनाममाथि श्रृंखलाबद्ध सैनिकहरू दक्षिण भियतनाममा उतारेर आफ्नो कार्वाही शुरू गर्यो । तर सरल बम वर्षा गर्न थाल्यो ।

यसैगरी १९६६ सम्ममा दुई लाखभन्दा बढी अमेरिकी भियतनामी जनता विरूद्ध अत्याचारी र दयाहीन क्रूर व्यवहार गरिरहेको अमेरिका उसको उत्तर भियतनामी नीतिद्वारा संसारमा एक्लियो । फ्रान्स पनि अमेरिकाको यस्तो नीतिबाट निराश भएर त्यो अभियानबाट टाढा भयो । यसभन्दा पहिले १९६४ मा अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने र भियतकङ्ग संगठनलाई समाप्त पार्ने भनेर आफ्नो अभियान शुरू गरेको थियो । १९६४ मा राष्ट्रपति रिचार्ड निक्सनले आफ्नो बलबुता र शक्तिले भ्याएसम्म उत्तर भियतनाममाथि वायु यानद्वारा बम वर्षा गरिरहने नीतिद्वारा उनी संसारको शक्तिशाली राष्ट्र सामु उत्तर भियतनामलाई घुँडा टेकाउन चाहन्थे तर साहसी उत्तर भियतनामीहरूले आकाशबाट खस्ने बमको पर्वाह नगरी छापामार युद्ध नीति अपनाएर न्यून हतियारका बाबजुद आफ्नो वीरता प्रदर्शन गर्दै अमेरिकालाई आफूमाथि विजय प्राप्त गर्न दिएनन् । आकाशबाट निर्दोष भियतनामीमाथि बम वर्षा गरे पनि अमेरिकी सेनाले साहसी भियतनामीलाई भूमियुद्धमा पराजित गर्न सकेनन् ।

बरू यो युद्धमा अमेरिकाको अत्याधिक धनराशी मात्र खर्च भएन बरू कैयौं सैनिकहरू पनि गुमाउनुपयो । यसरी भयानक क्षति व्यहोर्नु परेपछि अमेरिकी निक्सन प्रशासन आफ्नै देशमा आलोचित हुन पुग्यो । अन्ततः १८७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन आफ्ना सैनिक आफ्नो देशमा फिर्ता बोलाउन बाध्य भए । यो वास्तवमा संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको लागि लाज, शरम र आत्मग्लानीको क्षण थियो भने भियतनामीहरूका लागि आफ्नो बहादुरिता, साहस र वीरताको परिचयको क्षण थियो ।यसपछि अमेरिकीहरूले अर्कै रणनीति लिए ।

उनीहरूले सम्पूर्ण भियतनामी युद्धलाई तिनीहरूको आफ्नै मामलाको रूपमा परिवर्तन गर्न चाहे । अमेरिकाले जनरल थिउको नेतृत्वमा अर्को कठपुतली सरकार निर्माण गर्यो र उत्तर भियतनाम र भियतकङ्ग विरूद्ध प्रतिरक्षात्मक नीति लियो । तर अझै युद्ध लडिरहेका भियतनामी क्रान्तिकारीहरूले सैगुन शहरलाई १९७५ मा घेराबन्दी गरे । जनरल थिउ राष्ट्र छोडेर भागे । सैगुन उत्तर भियतनामी कम्युनिस्टहरूको नियन्त्रणमा पन्यो । उनीहरूले उक्त शहरको नाम फेरेर ३ सेप्टेम्बर, १९७३ मा देहावसान भएका आफ्ना प्रिय नेता हो चि मिन्हको नाम दिए । यसपछि सेप्टेम्बर १९७५ मा उत्तर र दक्षिण भियतनामकोएकीकरण गरियो ।

यसरी क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका भियतनामी किसानहरूले स्वतन्त्रताकोमहायुद्धमा आफ्नो विजयको नाम लेखाए । तिनीहरूले साहस र दृढ इच्छा शक्तिको बलमा फ्रेन्च, जापानी, अमेरिकी र ब्रिटिश साम्राज्यवादीहरूलाई धुलो चटाए । आजभियतनाम एक स्वतन्त्र र सार्वभौम विकासोन्मुख राष्ट्र बनेको छ ।

हो चि मिन्हको मृत्युको बाबजुद ३० अप्रिल १९५७ मा भियतनाम पूर्णरूपमा स्वाधीन भयो र त्यही दिन एउटा सानो राष्ट्र भियतनामसामू अमेरिकाले घुँडा टेक्यो ।

भियतनामयुद्ध दोस्रो विश्वयुद्धपछिको ठूलो र भयंकर युद्ध थियो । दोस्रो विश्वयुद्धमा २७ लाख टन बम वर्षा भएको थियो तर भियतनाममा ६७ लाख टन बम वर्षा भएको थियो । अणु बम बाहेक अमेरिकाले सम्पूर्ण खालका जैविक, रासायनिक जस्ता घातक हातहतियार भियतनाममा प्रयोग गन्यो । उनीहरूले अस्पताल, स्कुल केही भनेनन् । भियतनामीहरू कैयौं दिन नुन नपाएर खरको खरानी खाएर बाँचे । आङ ढाक्न नपाई रूखको बोक्राले ढाके तर भियतनामीहरू कहिल्यै झुकेनन् ।

हो चि मिन्ह, जसलाई सबैले प्रेमपूर्वक हो काका भन्छन् । उनी सारा भियतनाम र हिन्द-चिनी जनताका प्रिय नेता थिए । भियतनाम स्वाधीन भएको घोषणासभा हुँदा उनीसँग एकजोरसम्म पनि राम्रो लुगा थिएन । उनी आफ्नो पुरानो ठाउँठाउँमा टालेको खाकी रङ्गको जीनको पेन्ट र कमिज लगाएर समारोहस्थल पुगेका थिए । रबरले बनेको चप्पल लगाएर भियतनाम स्वाधीन भएको घोषणापत्र पढेका थिए । उनको यो पहिरन पछिसम्म यस्तै रह्यो ।

राष्ट्रपति भएर पनि उनी राष्ट्रपति भवनमा कहिल्यै बसेनन्, त्यसलाई कार्यपालिका बनाइ आफू अगाडिको झोपडीजस्तो सानो घरमा बस्न थाले । त्यस्तो पदमा बसेर पनि आफ्नो जीवनस्तरलाई जनताको जीवनस्तरभन्दा माथि उकास्ने काम कहिल्यै गरेनन् । उनी आफैँले दिनभरि कार्यक्रम लेख्थे, सरकारी कार्यालय, अस्पताल, शिक्षणसंस्था र कलकारखानामा बिना सूचना पुग्थे । जहाँ गए पनि कर्मचारीहरूसँग बसी खाना खान्थे । बगैंचाको काम आफैं गर्थे । राति खाना खाइसकेपछि अबेरसम्म पनि अध्ययनमा लाग्थे । उनीसँग लुगाको नाममा दुइटा खाकीको सुट, एउटा रूमाल र दुईजोर मोजामात्र थिए । उनले लगाउने सुट पनि ठाउँठाउँमा टालेको थियो ।

उनको सादा जीवनबाट अत्यन्त प्रभावित बनेकी अमेरिकी पत्रकार अन्नालुइस स्टुङ्गले सन् १९६४ मा हो चि मिन्हलाई भेटेपछि भनेकी थिइन्- ‘संसारमा सबैभन्दा अनौपचारिक राष्ट्रपति कोही छन् भने भियतनामका राष्ट्रपति हो चि मिन्ह नै हुन् । उनी असाधारण साधु, महात्मा भन्न सुहाउने खूबै ठट्यौलो स्वभावका छन् । उनी आपतकालमा बुद्धिमानीपूर्वक बलियो रक्षक बन्ने, खुल्ला हृदयको र अनौठो तर तुरून्त जवाफ दिने मानिस हुन् ।”

.


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।