१४ बैशाख २०८१, शुक्रबार

नयाँ पत्रिकाका मालिक सुशील थापाले ७ करोड खाई दिएको व्यवसायी ज्ञानगोबिन्द वैद्यको आरोप

0

काठमाडौं –  नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक सुशील थापाले ७ करोड पर्ने घरजग्गा २ करोडमा खाइदिएको पाइएको छ । प्रभु बैंकको मिलेमत्तोमा नयाँ थापाले काठमाडौंको बरमहलमा रहेको १० आना २ दाम १ पैसा घरजग्गा आफ्नो परिवारको नाममा नामसारी गरेर खाइदिएको पाइएको हो ।

ढुवानी व्यवसायी ज्ञान गोबिन्द वैद्यको सम्पत्ति तत्कालिन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको मिलेमत्तोमा कानुनी प्रक्रिया मिलाई थापाले आफ्नो नाममा नामसारी गरेको पाइएको हो । पीडित बैद्यले आफूलाई जानकारी नगराई भूमाफिया तथा बैकका प्रोमोटर मधुसूदन सिलवाल, बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली र पत्रिकाका कार्यकारी निर्देशक थापाले प्रभु बैंकको केन्द्रीय कार्यालय पछाडिको घर खाईदिएको बताएका छन् ।

आइतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै बैद्यले आफूले बैंकबाट लिएको ऋण चलाउनसमेत नपाई फसेको बताए । ‘दुई करोड अठार लाख रुपैयाँ सहमतिमै पन्ध्र दिनमा फर्काउने सर्तमा उनीहरूले चलाए । जुन रकम मैले किस्ट बैकबाट नै ऋणको रूपमा लिएको थिए ।’, पत्रकार सम्मेलनमा बोल्दै बैद्यले भने, ‘उक्त किष्ट बैकबाट लिएको तीन करोड पटक–पटक गरि मैले बयालीस लाख ब्याज तिर्दातिर्दै पनि एक बर्ष सात महिनाभित्रै बैंकले लिलाम गरिदियो ।’

उनले बैंकले आफूलाई जानकारी समेत नगराई पत्रिकाका कार्यकारी निर्देशक थापालाई लिताम गरेको बताए । बैंकले ६ करोड ५० लाख भ्यालुएसन गरेको आफ्नो घरजग्गा दुई करोड तीन लाखमा मात्र लिलाम गरेर बाँकी १ करोड ५० लाख रुपैयाँ ऋण आफ्ना नाममा बाँकी राखेर बैंकले नै अपराध गरेको बताए । ‘तत्कालिन किष्ट बैंक (प्रभु बैंक) मा राखिएको उक्त घरको मुल्यांकन छ करोड पचास लाख थियो । उक्त घरलाई प्रभुमा मर्च भएको किष्ट बैकले दुई करोड तीन लाखमा लिलाम गरि थप ऋण एक करोड पचास लाख मेरै नाममा राखेर बिक्रि गर्ने काम ग¥यो ।’, पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘घर लिलाम भएको ३७ दिनमा घर खाली गर्न आउँदा मात्र हामीले थाहा पायौं । हामीले थाहा पाउँदासम्म घर लिलाम भइसकेको रहेछ ।’

उनले आफूले अदालतबाट समेत न्याय नपाइएपछि पत्रकार गुहारेको बताए । ‘मेरो घर लिलाम भएको थाहा पाएपछि म जिल्ला अदालत गए । जिल्ला अदालबाट पनि न्याय पाइन । जिल्ला अदालत पछि मुद्दा उच्च अदालतको बाणिज्य इजलासमा गयो । बैंक र सुशील थापाले मेरै वकिललाई प्रलोभनमा पारी मुद्दा हराए ।’, उनले भने, ‘मैले बुझे अनुसार कानुनी रूपमा काठमाडौं बबरमहल क्षेत्रको घर लिलाम गर्न पाइदैन । यो घर कसरी लिलाम भयो ।’,

जेलमा रहेका तत्कालिन किस्ट बैंकका सीईओ कमल ज्ञवालीले आफ्नो गल्ति स्वीकारेको उनको भनाई छ । उनले आफूहरु लागेको विगो व्याज तिरेर आफ्नो घर फिर्ता ल्याउन खोज्दा बैंकले नै गुण्डा पठाएको बताए । ‘आफ्नो घरमा बस्न खोज्दा दैनिक गुण्डा पठाउने, धम्काउने काम भै रहेको छ ।’, उनले भने, ‘हाम्रो घरमा ७४, ७६ र ८२ वर्ष उमेरका तीन परिवार मात्र बस्छौं । दैनिक गुण्डागर्दी रोकिएको छैन । मानसिक टर्चर पनि उतिकै छ ।’

उक्त घरजग्गा सुशील थापाको श्रीमती अनुपमा थापाको नाममा नामसारी भएको उनको भनाई छ । उनले आफू दुई करोड तीन लाखको घरको हालसम्मको ब्याज र हर्जना ब्याज तिरेर फिर्ता लिन चाहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।