९ जेष्ठ २०८१, बुधबार

सामाजिक अस्तित्व र सामाजिक चेतना

0

उत्पादन सम्बन्धले भौतिक उत्पादक शक्तिहरूको विकासको निश्चित अवस्थासँग तादात्म्य सम्वन्ध राख्दछ । मानिसहरू आफ्नो जीवनमा उत्पादनसित निश्चित सम्वन्धमा बाँधिन्छन् र त्यो सम्बन्ध अपरिहार्य र व्यक्तिको चाहनाभन्दा पृथक् हुन्छ ।

उत्पादन सम्बन्धको समग्रताले समाजको आर्थिक संरचनाको निर्माण गर्दछ। यो संरचना आधारभूमि हो जसमाथि कानुनी र राजनीतिक अधिसंरचना अडिएको हुन्छ र यो अधिसंरचनाले सामाजिक चेतनाको निश्चित स्वरूपसित तादात्म्यता राख्दछ ।

सामान्यतया सामाजिक, राजनीतिक एवं बौद्धिक जीवनपद्धति भौतिक उत्पादनपद्धतिले निर्धारण गर्दछ । मानिसको चेतनाले उसको सामाजिक अस्तित्व निर्धारण गर्ने होइन, बरु ठीक विपरीत, सामाजिक अस्तित्वले चेतनालाई निर्धारित गर्दछ ।

विकासको निश्चित चरणमा समाजका भौतिक उत्पादक शक्तिहरूको विद्यमान उत्पादन सम्बन्धहरूसँग झगडा सुरु हुन्छ । यसलाई कानुनी शब्दावलीमा भन्दा अहिलेसम्म प्रभावकारी रहेको सम्पत्ति सम्बन्धसित उत्पादक शक्तिको झगडा सुरु हुन्छ । उत्पादक शक्तिहरूको विकास विविध रूपहरूसँगै यी सम्वन्धहरू बन्धनका रूपमा परिणत हुन्छन् । त्यसपछि सामाजिक क्रान्तिको युग सुरु हुन्छ । आधारका रूपमा रहेको आर्थिक पक्षमा परिवर्तन हुनासाथ समग्र अधिसंरचनामा थोरै वा धेरै परिवर्तन भइहाल्छ ।

यस परिवर्तनलाई मध्यनजर राख्दै दुई कुरामा स्पष्ट भिन्नता छुट्याउनुपर्छ । एकातर्फ उत्पादनको आर्थिक अवस्थामा हुने भौतिक परिवर्तन, जसलाई प्राकृतिक विज्ञानको स्पष्टताका आधारमा निर्धारित गरिन्छ भने अर्कोतर्फ कानुनी, राजनीतिक, धार्मिक, सौन्दर्य वा दार्शनिक पक्षहरू, संक्षेपमा भन्दा विचारधारात्मक स्वरूप जहाँ मानिस यस द्वन्द्वप्रति सचेत हुन्छ र यसलाई पत्तो लगाउँछ ।

जस्तो कि हाम्रो कुनै व्यक्तिप्रतिको धारणा उसले आफ्ना बारेमा के सोच्दछ भन्ने कुरामा आधारित हुँदैन त्यसै गरी यहाँनेर एउटा प्रश्न उठ्छ, के हामीले परिवर्तनको युगलाई यसको आफ्नै चेतनाबाट निर्णय गर्न सक्तैनौँ ? बरु भौतिक जीवनको अन्तर्विरोधको आधारमा एवं सामाजिक उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच रहेको झगडाका आधारमा चेतनालाई व्याख्या गन् पर्दछ ।

जबसम्म उत्पादक शक्तिको विकासको सम्भावना रहिरहन्छ तबसम्म कनै सामाजिक व्यवस्था नष्ट हुँदैन । नयाँ उच्चतर उत्पादन सम्बन्ध त्यति बेलासम्म देखा पर्दैन जति बेलासम्म पुरानै समाजको गर्भाशयमा भौतिक अवस्थाले परिपक्वता ग्रहण गरेको हुँदैन । त्यसो हुनाले मानिसले त्यस्तो उद्देश्य निर्धारित गर्दछ जो सम्भव छ ।

अझ नजिकबाट नियाल्दा उद्देश्य त्यति बेला निस्किन्छ जब समाधानसहित भौतिक अवस्था सकारात्मक रहन्छ वा कम्तीमा त्यस्तो अवस्था निर्माणको चरण रहेको हुन्छ ।

बृहत् परिधिमा एसियाका प्राचीन सामन्तवादी र आधुनिक बुर्जुवा उत्पादन पद्धतिलाई समाजको आर्थिक निर्माणमा लागि प्रगतिशील युगका रूपमा प्रस्तुत गर्न सकिन्छ । बुर्जुवा सम्बन्धहरू, उत्पादनको सामाजिक पद्धतिमा अन्तिम विरोधी स्वरूपहरू हुन्।

विरोधी भन्नाले व्यक्तिगत विरोधको अर्थमा होइन तर व्यक्तिहरूका जीवनको सामाजिक अवस्था- साथसाथै वुर्जुवा समाजको गर्भाशयमा विकास भइरहेको उत्पादक शक्तिले त्यस विरोधिताको समाधानका भौतिक आधारहरू सृजना गर्दछ । यस सामाजिक स्वरूपले लागि भौतिक मानवसमाजको प्राग्इतिहासको अध्याय समाप्त पारिदिन्छ ।

(अनु.: प्रा. डा. कृष्णचन्द्र शर्मा -ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ पलिटिकल इकनमीको भूमिका )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।