८ बैशाख २०८१, शनिबार

नेकपाका दुई कार्यकर्ता दाेभान र प्रकाश २८ महिना पछि रिहा

0

३० चैत, कालिकोट / नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला कमिटी सदस्य दुर्ग बहादुर बाेहाेरा (दाेभान) र युवा संगठन जाजरकोटका पदम पुन (प्रकाश) कालिकाेटबाट रिहा भएका छन ।

नरहरिनाथ गाउँपालिका ९ का दुर्ग बहादुर बाेहाेरा (दाेभान) र भेरि नगरपालिका २ का पदम पुन (प्रकाश) कालिकोट जिल्ला अदालतले बुधबार रिहा गर्न आदेश दिएपछि दुवैजना रिहा भएका हुन ।

संसदीय व्यवस्थाको सरकारले २०७७ साल पाैष १९ गते कालिकोटकाे नरहरिनाथ गाउँपालिका ९ मा रहेको दाेभानकाे आफ्नै घरमा बसिरहेको अवस्थामा दुवैजनालाई गिरफ्तार गरेको थियो ।

उनीहरूलाई गिरफ्तार पछि प्रहरीेले आफै वम, विष्फोटक पदार्थ राखिदिएर विष्फोट सामान वरामद गरेको भन्दै झुट्टाे रिपोर्ट बनाई कालिकोट जिल्ला अदालतमा मुद्धा दाहेर गरेको थियो ।

२०७७ सालको फाल्गुन २१ गते नेकपा र सरकार विच ३ वुदे सहमति भए पनि दाेभान र प्रकाशले कानुनी प्रक्रिया पुरा गरेर छुटेका छन ।

उनीहरूको रिहा भए लगत्तै कर्णाली मुक्ति माेर्चा नेपालका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, जिल्ला सेक्रेटरी शाहसी सी, रमेश सी, प्रभात स्मृति जनसाँस्कृतिक परिवार लगायत नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

यस्तो रिहा पछि आफ्नो गाउँ पुगेका दाेभान र प्रकाशलाई सहिद स्मृति गाउँ कमिटीले पनि बिहीबार बाजागाजा सहित भब्य कार्यक्रम गरि फुल माला अविरले स्वागत गरेको छ ।

उनीहरू आजको मिति सम्म २ वर्ष ३ महिना १० दिन दलाल प्रतिक्रियावादी सत्ताको जेलमा वसी रिहा भएका हुन ।

३ बुँदे सहमति भएपनि नेता कार्यकर्ताहरुको मुद्धा अझै फिर्ता नभएकाले कानुनी प्रक्रियाको वाटो अवलम्वन गर्नु परेको छ ।

सरकारकाे तीन बुँदे सहमतिमा इमान्दार नदेखिदा यस्तो अवस्था आएको छ । अझै केही कार्यकर्ता रिहा हुन वाँकी छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।