१४ बैशाख २०८१, शुक्रबार

कसरी भएको थियो नयाँ वर्षको प्रारम्भ ?

0

हिन्दु पञ्चाङ्गमा आधारित पात्रो अनुसार वैसाख १ गते देखि नयाँ वर्ष शुरु हुन्छ । सूर्यको गतिको आधारमा ज्योतिष शास्त्र (खगोल विज्ञान) ले यो पात्रो निर्धारण गर्ने भएकोले यसलाई ‘शौर्यपात्रो’ पनि भनिन्छ । जुन प्राचीन हिन्दू धार्मिक परम्परा र वैदिक समयाङकनमा आधारित छ ।

नेपालमा काभ्रे जिल्ला नाला क्षेत्रमा ‘उत्तरापुर राज्य’ थियो। जहाँ राजा विक्रमादित्यले राज्य गर्थे । आज पनि सो क्षेत्रमा जात्रा लाग्छ । त्यसैगरी काठमाडौं, साँखुमा रहेको बज्रयोगिनी मन्दिर परिसरमा बज्राचार्य वंशका पुजारीहरुले आजसम्म विक्रमादित्य राजाको टाउकाको पूजा गर्छन् ।

यी दुई सांस्कृतिक परम्पराले विक्रमादित्य नामका राजा नेपालमन्डलमा शासन गर्थे भन्ने देखिन्छ। उनी राज्य विस्तार गर्दै कासीसम्म पुगेको मानिन्छ । कासीमा रहेको विश्वनाथ मन्दिर यिनले बनाएको दाबि ‘स्कन्दपुराण, हिमवत्खण्ड’मा गरिएको छ । योगी नरहरी नाथका अनुसार विक्रमादित्य राजा लिच्छवि वंशका राजा थिए । लिच्छवि वंशले दरवारमा मैथिली भाषा प्रयोग गर्थे। मिथिला सभ्यता जनकपुरदेखि गंगा नदीसम्म फैलिएको थियो।

विक्रम सम्बत्‌को सन्दर्भमा अर्को पनि धारणा छ। २हजार २ सय वर्ष अधि गन्धर्व सेनका छोरा तथा चर्चित कवि भतृहरीका भाई भाई विक्रमादित्य थिए जो उज्जैनका राजा थिए। गोरखपुरमा रहेको पुरानो छापाखाना (गीताप्रेस) गीताप्रेसद्वारा प्रकाशित `भविष्यपुराण, पृष्ठ २४५ मा सो सन्दर्भ उल्लेख छ।

त्यसैगरी ‘ज्योतिर्विदाभरण’ गन्थ अनुसार ई.पू. ५७ मा राजा विक्रमादित्यले विक्रम सम्बत प्रारम्भ गरेको उल्लेख छ । विक्रम सम्वत भारतको विहार र उत्तर प्रदेशमा आजसम्म प्रयोग गरिन्छ । भारत सरकारले अंग्रेजी पात्रो चलाएको कारण धार्मिक कार्यमा सीमित हुँदै गएको छ। पुरानो मगध राज्य र मगडी भाषिमा अझ बढी लोकप्रीय देखिन्छ ।

नेपालमा विक्रम सम्बतको प्रारम्भ श्री ३ महाराज चन्द्रशमशेरले चलाएका हुन्। यद्यपि रामशाहकै पालामा प्रचलनमा थियो भन्ने मानिन्छ। पृथ्वीनारायण शाहको पालाका शिला- लेखहरूमा विक्रम सम्बत् नै उल्लेख पाइन्छ । २८२३ मा शाके सम्बत छुटाइएको र १९५८बाट विक्रम सम्वत्- चलाइएको भन्ने कतिपयको दावि भएपनि त्यो पुष्टि हुँदैन । शक सम्वत र नेपाल सम्वत नेपालका मौलिक थिए भन्ने तर्क भने बलियो छ ।

राणा शासन भन्दा धेरै वर्ष अघिदेखि बिक्रम सम्वत् चलेको प्रमाणिक तथ्यहरु पाइन्छ । चन्द्र शमशेरले ज्योतिषहरूको परामर्श अनुसार मेष संक्रान्तिलाई बैसाख १ गते मानेर दिन र महिनासहित नयाँ बर्षको पात्रो प्रचलनमा ल्याएका हुन ।

पात्रोलाई संस्कृत साहित्यमा काल-इन्द्र ( स्वर्गका राजा इन्दुको काल वा समय) भनिन्छ।विक्रम सम्वत् शार्क सम्बत भन्दा १३५ वर्ष, नेपाल सम्वत भन्दा ९३६ वर्ष र अंग्रेजी सम्वत भन्दा ५७ वर्ष जेठो छ। विक्रम सम्वत २०८० को अवसरमा देश-विदेशमा रहेका सबै दाजु भाइ, दिदी-बहिनीमा हार्दीक शुभ-कामना!
२०८०/०१/०१ जनपत्रिका


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।