१४ बैशाख २०८१, शुक्रबार

साम्राज्यवादी हस्तक्षेप विरुद्ध रास्ट्रीय एकता अपरिहार्य : प्रकाण्ड

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले साम्राज्यवादीहरुको देश र जनतामाथिको नाङ्गो हस्तक्षेपबिरुद्ध राष्ट्रिय एकता आबश्यक भएको बताएका छन्। बिहिबार जनता टेलिभिजनसगको कुराकानीमा प्रवक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन्।

प्रवक्ता प्रकाण्ड सी ले देश र जनता अहिले इतिहासकै जटिल र संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै देश र जनतालाई साम्राज्यवादी हस्तक्षेपवाट मुक्त पार्न आम बामपन्थी , प्रगतिशील , सच्चा लोकतन्त्रवादीलगायत राष्ट्रवादी दल र नेता एकजुट हुनुको बिकल्प नभएको बताए । उनले यसकै लागि नेपाल कम्युनिस्ट पार्टीले माओबादीसम्बद्ध नौ राजनीतिक दललगायत नेपाली कांग्रेस , एमालेसहितका राजनीतिक दल र नेताहरुसंग छलफल अगाडी बढाएको बताए ।

प्रवक्ता प्रकाण्ड सी ले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले सामन्तवादको अन्त्य गरेपनि त्यसको ठाउमा जनताको सट्टा र व्यवस्था आउन नसकेको बताए। उनले १० बर्षे जनयुद्धको नेतृव गरेका नेताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा पुन: सामन्तवाद ब्युझिएको बताउदै यसकै बिरुद्ध ०६५/०६६ देखि नै संघर्ष गर्दी आएको बताए ।

प्रवक्ता प्रकाण्ड सी ले क्रान्ति भनेको आमुल परिवर्तन भएको उल्लेख गर्दै नेपालमा क्रान्ति सम्पन्न नभएको बताए । उनले भने – ‘ क्रान्ति भनेको आमुल परिवर्तन हो। खराबस्थितिको अन्त्य र देश र जनताले चाहेको व्यवस्था स्थापना गर्नु हो, जुन अहिले हुन् सकेको छैन। ‘

प्रवक्ता प्रकाण्ड सी ले सामान्तवादको अन्त्य नगरी नेपालि जनताले चाहेको व्यवस्था स्थापना हुन् नसक्ने बताउदै यसको लागि सबै एकजुट भएर लड्नुको विकल नभएको ठोकुवा गरे । उनले यसको निम्ति पार्टीले बिगत देखि नै निरन्तररुपमा संघर्ष गर्दै आएको बताउदै जनताको बलमा संसदीय व्यवस्था खारेज गरेर बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दृढतासमेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।